काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर संरचना परिमार्जनका लागि प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीले गत साउन २४ गते बसेको विशेष साधारसभाबाट संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको थियो। जसअनुसार संस्थापक र सर्वसाधारणको सेयर संरचना क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने निर्णय भएको छ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर संरचना क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेको छ।
कम्पनीले संस्थापक सेयरधनीहरुलाई आफ्नो स्वामित्वमा रहेको सेयर सर्वसाधारण समूहमा परिमार्जन इच्छुक नभएमा सोहीअनुसारको स्वघोषणापत्र ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा वा कम्पनीको ई–मेलमा पठाउन आग्रह गरेको छ। तोकिएको समयभित्र स्वघोषणापत्र संस्थापक सेयरधनीहरुबाट प्राप्त नभएमा संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न स्वीकृति प्रदान गरेको मानिने कम्पनीले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19