काठमाण्डौ । टर्कीले बैंकको ब्याज दर बढाएर ३५ प्रतिशत पुर्‍याएको छ । यसअघि ३० प्रतिशत कायम थियो ।

अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीको मुद्रा इतिहासकै कमजोर छ । मुद्रा कमजोर हुनुमा सरकारको अदूरदर्शी नीतिलाई प्रमुख कारण मानिएको छ ।

अर्थशास्त्रीहरुले यो ब्याजदर बृद्धि पूर्वानुमान अनुरूप नै भएको बताएका छन् ।आगामी जुन महीनासम्म टर्कीमा उच्च मुद्रास्फीति कायमै रहने समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।केन्द्रीय बैंकले बिहीबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न प्रयास भैरहेको एउटा बक्तब्यमा भनेको छ ।

केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा मूल्य बृद्धि अपेक्षा गरेभन्दा बलियो भएको बताएको छ । यसले कर परिवर्तन, ज्याला बृद्धि र विनिमय दरले प्रत्यक्ष असर पारेको छ 

मुद्रास्फीतिमा उल्लेख्य सुधार नआएसम्म समयमै र क्रमिक रूपमा मौद्रिक नीतिमाथिको कडाइलाई थप बलियो बनाइने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोआन सन् २०१४ देखि राष्ट्रपति रहँदै आएका छन् । तर, पछिल्लो समय उनले शक्ति क्रमशः आफूमा केन्द्रित गर्दै लगेका छन् ।  

उनले पूर्व वाल स्ट्रीट बैंकर हाफिज गे एर्कनलाई नयाँ केन्द्रीय बैंक गभर्नरको रूपमा नियुक्त गरेपछि मुद्रास्फीति नियन्त्रणमा उल्लेख्य कदम चालिएको छैन ।

केहिसमय अघि राष्ट्रपति तैय्यपले पछिल्लो स्थितिलाई ‘आर्थिक युद्ध’ को सङ्ज्ञा दिँदै नागरिकहरुलाई लिराको भाउलाई टेवा दिन आफूसँग भएको विदेशी मुद्रा र सुन साट्न आग्रह गरेका थिए । ‘यो घरेलु र राष्ट्रिय सङ्घर्ष हो’ लिराको भाउमा आएको कमीतर्फ औल्याउँदै तैय्यपले भने ।

अतिकमजोर अर्थतन्त्र भएको टर्कीमा महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र भूकम्पबाट थप बिथोलिएको वास्तविकता क्राइसिस ग्रुपले औंल्याएको छ ।

विश्वका धेरैजसो देशहरुको अर्थतन्त्रमा परेको प्रतिकूल असरको प्रभाव टर्कीले भोग्नुपरेको पनि उसले उल्लेख गरेको छ केन्द्रीय बैंकले मुद्रास्फीति सन् २०२३ को अन्त्यसम्ममा ६० प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

टर्कीको मुद्रा लिराको भाउ न्यून स्तरमा घटेकाले आयात पनि महँगो छ।आकाशिएको महँगी नियन्त्रण अहिले टर्कीको मुख्य टाउको दुखाइ बनेको छ ।खानेकुरादेखि घरभाडासम्मका अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । –एजेन्सी