काठमाण्डौ । आकर्षक विज्ञापनको पछाडि दौडिएर तपाईहरुमध्ये कतिजनाले टाटाका गाडीहरु किन्नुभएको छ ? भ्रमपूर्ण विज्ञापन र टाटाका स्थानीय बिक्रेताहरुले ठूलो रकम खर्चिएर विभिन्न मिडियामा गरेको विज्ञापनकै पछि लागेर वा पेड समाचार पढेर तपाईले टाटाका गाडीहरु किनिरहनुभएको छ भने तपाईको गाडी चढ्ने र शानको जिन्दगी जिउने सपनामाथि कुठाराघात हुनसक्छ ।
टाटा कम्पनी र उसका आधिकारिक बिक्रेताहरु हदैसम्मको गैरजिम्मेवार छन् । यहीकारण लक्जरियस लाइफको सपना देखेर टाटाका गाडी किन्नेहरु फस्छन् र सुरुवातदेखि नै अनेकन दुःख पाउँछन् ।
ग्राहकले दुःख पाउने कुरा त एउटा भयो, अर्को टाटाका गाडीहरु, विशेष गरी धेरै बिक्री भएको भनिएको नेक्सन तथा नेपालमा धेरै बिक्रीको हल्ला फैलाइएको नेक्सन इभी, टियागो इभीसम्ममा समस्यै समस्या छन् । पछिल्लो समय सस्तो कारको पछि लागेर टियागोको इभी किन्नेहरुले पनि दैनिकजसो समस्या भोगिरहेका छन् ।
आज हामी भारतका एक टाटाप्रेमीले पाएको दुःख तथा उनीमाथि कम्पनीले गरेर गलत व्यवहारको प्रसंग उठाउन खोजिरहेका छौं । टाटाको खराब गाडीका कारण धेरै दुःख पाएका ती युवक अदालतको शरणमा जाने तयारीमा रहेका मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
यो हदसम्मको बदमासी
घर र गाडीको सपना सबैको सपना हो। नयाँ चम्किलो कारले मानिसको शान नै अर्को बनाइदिन्छ । उसको लाइफ स्ट्याण्डर्ड नै परिवर्तन गरिदिन्छ । तर भारतको बैंगलोरका निवासी शरथ कुमारसँग नयाँ कारको अनुभव अर्कै थियो। शरथ कुमारले १८.२ लाख भारुमा नयाँ टाटा नेक्सन कार किनेका थिए । साथीहरुसँगै प्रेरणा मोटर्सको शोरुममा गाडीको डेलिभरी लिन पुगे । नयाँ कार हेरेपछि उनी छक्क परे । लाखौं मूल्यको कारमा धेरै खराबी थियो।
कारको डिलिवरी लिन शोरुम पुग्दा शरतलाई कारको चाबी हस्तान्तरण गरिएको थियो । कारबाट पर्दा हटाइयो। कार देखेर शरथ छक्क परे । नेक्सन फेसलिफ्ट अटोमेटिक पेट्रोल फियरलेस प्लसमा धेरै त्रुटिहरू थिए।
नयाँ कारमा फ्लड हेडलाइट, अगाडिको बम्परमा स्क्र्याच, क्वार्टर प्यानल फ्रेम र टेलगेट फ्रेमका साथै न्यून वेल्डिङ थियो। गलत रूपमा फिट गरिएको ढोकामा रबर बिडिङ स्थापना गरिएको थियो।
ट्याग फ्रेममा धेरै स्क्र्याच र खराबीहरु थिए । ढोकाको वेल्डिङ निकै कमजोर थियो। नयाँ कारमा यति धेरै कमजोरी देखेर शरथ छक्क परे । उनले यो कारका लागि १८ लाख भारु तिरेको उनी आफैंलाई पत्यार लागेन ।
त्यसपछि दिक्क बनेका उनले सामाजिक सञ्जालमा आफ्नो कुरा सेयर गरे । उनले शोरुमले टाटा नेक्सनको दोषपूर्ण कार दिने प्रयास गरेको लेखेका छन् ।
उनले टाटा मोटर्सलाई धेरै पटक कारको गल्ती औंल्याएर गुनासो गरे, तर कम्पनीको प्रतिक्रिया निराशाजनक थियो। कम्पनी र शोरुम दुवैले न उनको कार प्रतिस्थापन गरे, न ती खराबीहरुको सम्बोधन गरेर गाडी बनाइदिए ।
एक महिना बितिसक्दा पनि कम्पनीले कुनै कारबाही गरेको छैन । कम्पनीले उनको गुनासो समाधान गर्न कुनै चासो देखाएको छैन। कम्पनीले सोही कारलाई २ वर्षको वारेन्टीसहित लिन आग्रह गरिरहेको उनले भारतीय मिडियाहरुलाई बताएका छन् ।
शरथले टाटा मोटर्सबाट सन्तोषजनक प्रतिक्रिया नपाएको बताएका छन् । उनले कम्पनीलाई पूर्ण जानकारी दिए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन । अब शरत अदालत जाने तयारीमा छन् ।
भारतमा टाटाको गाडीहरुमा धेरै खराब आएपछि निकै कमले मात्र चढ्छन् । पछिल्लो एक रिपोर्टअनुसार भारतमा सबैभन्दा बढी करिब २० प्रतिशतले मारुती सुजुकी चढ्ने गरेका छन् ।
दोश्रोमा हुण्डाई कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप करिब १५ प्रतिशत रहेको छ ।
टाटा कम्पनीको मार्केट क्याप ७ प्रतिशत पनि छैन ।
मारुती सुजुकी इभीमा प्रवेश नगरिसकेकोले भारतमा टाटा अगाडि छ ।
इभीमा ब्याट्रीमा गम्भीर समस्या
टाटाका इभी गाडीहरुमा ब्याटीको समस्या विकराल छ । टाटाको स्थानीय बिक्रेता सिप्रदी ट्रेडिङबाट नेपालभर बिक्री भएको इभीमा ब्याट्रीले पटक पटक दुःख दिने समस्या देखिएको छ ।
यस्तै, ब्याट्री गुणस्तरीय नभएकै कारण कम्पनीले दाबी गरेभन्दा अत्यन्त कम माइलेज दिने, उकालोमा थाहै नपाई चार्ज सकिने लगायतका समस्या प्रयोगकर्ताले भोगिरहेका छन्।
तर, नेपालका नियामक कमजोर हुँदा टाटाले गुणस्तरहीन ब्याटी प्रयोग गरी जबरजस्ती इभी बनाइएका(किनभने टाटाका इभी गाडी वास्तविक इभी प्ल्याटफर्ममा बनेका छैनन्) गाडीहरुको निर्वाध बिक्री गरिरहेको छ । अनि ग्राहक पनि आफूले लगानी गरिरहेको गाडीको केही वर्षपछिको परफरमेन्स, ब्याटीको गुणस्तर, माइलेजको ग्यारेण्टी लगायतका कुरा हेर्दै नहेरी इन्धनको खर्च कटौतिको नाममा टाटाका गुणस्तरहीन गाडी किनिरहेका छन् ।
टाटाका इभी गाडीहरुमा कस्ता समस्या छन् ? किन वास्तविक इभी होइनन् ? हाम्रा पछिल्लो स्टोरी पनि पढ्न छुटाउनुभयो कि ?:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19