काठमाण्डौ । टाटा मोटर्सले बिहीबार एकैदिन ट्रक र बससहित २१ वटा नयाँ कमर्सियल गाडी सार्वजनिक गरेको छ।

भारतमा टाटा मोटर्सले एकैदिन यति धेरै नयाँ कमर्सियल गाडी सार्वजनिक गरेको हो। यी गाडी कार्गोलगायत सबै क्षेत्रमा ट्रान्सपोर्टेसनको बढ्दो आवश्यकतालाई पूरा गर्ने टाटा मोटर्सको विश्वास छ। 

टाटा मोटर्सले मिडियम र हेभी सेगमेन्टका ७, लाइट कमर्सियल सेगेमेन्टका ५ वटासहित सीएनजी पावरट्रेन तथा इन्टरमिडियट कमर्सियल गाडी सार्वजनिक गरेको छ। 

यसका साथै कम्पनीले ग्रामीण इलाकासम्मको डिस्ट्रिब्युसनमा सुधार गर्न तथा अपरेसनल कस्ट कम गर्नका लागि ४ नयाँ लाइट कमर्सियल गाडी पनि सार्वजनिक गरेको छ। यी गाडी पेट्रो इन्जिनका साथ सार्वजनिक गरिएको छ। 

त्यस्तै सार्वजनिक गरिएका गाडीहरु ई–कमर्स डिस्ट्रिब्युसनको बढ्दो आवश्यकतालाई विंगर कार्गो पनि समावेश गरिएको छ। 

टाटा मोटर्सले इन्ट्रा सिटी ट्रान्सपोर्टेसनका लागि बसहरुसहित पाँच कमर्सियल गाडी पनि सार्वजनिक गरेको छ। – एजेन्सी