काठमाण्डौ । टाटा मोटर्सले आज बहुप्रतीक्षित एसयूभी पन्च सीएनजी आधिकारिक रुपमा बिक्रीका लागि भारतमा लन्च गरेको छ। 

यो एसयूभीको कुल ५ भेरिएन्ट लन्च गरिएको छ। जसको मूल्य भारु ७.१० लाखदेखि ९.६८ लाख (एक्स–शोरुम)को बीचमा पेस गरिएको छ। यो मूल्य टाटाको एसयूभीको सबैभन्दा नजिकको प्रतिद्वन्द्वी हुन्डाई एक्टरको सीएनजी भेरिएन्टभन्दा निकै कम हो। एक्टर सीएनजीको सुरुआती मूल्य भारु ८.२४ लाख रहेको छ। 

पन्च सीएनसी ३ वटा ट्रिम्समा प्यारो, एडभेन्चर र एक्म्लिस्डमा उपलब्ध गराएको छ। प्रत्येक ट्रिमको आफ्नो व्यक्तिगत विकल्प प्याकेजमा पाइनेछ। जसको रेगुल अर्थात पेट्रोच पन्चका साथ दिइएको छ। यद्यपि टाटा टप–स्पेक क्रिएटिभ ट्रिममा सीएनजीको विकल्प पाइँदैन। 

टाटा टियागो, टिगोर र अल्ट्रोजपछि यो टाटाका तर्फबाट पेस गरिएको चौथो सीएनजी मोडल हो। यसका साथ टाटाको सीएनजी पोर्टफोलियो थप मजबुत बनेको छ। 

सीएनजी भेरिएन्ट प्रत्येक पेट्रोल ट्रिमको तुलनामा करिब भारु १.६० लाखसम्म महँगा रहेको छ। यसको पेट्रोल भेरिएन्टको सुरुआती मूल्य भारु ६ लाख रुपैयाँ रहेको छ। 

पन्च सीएनजीलाई कम्पनीले पहिलोपटक अघिल्लो अटो एक्सपोमा प्रदर्शन गरेको थियो। यो कम्पनीको सबैभन्दा सुरक्षित एसयूभी कारहरुमध्ये एक हो। ग्लोबल एनसीएपी क्र्यास टेस्टमा यो कारले फाइभ स्टारको रेटिङ पाएको थियो। 

टाटा पन्च सीएनजीमा कम्पनीले १.२ लिटर र ३ सिलिन्डर इन्जिनको प्रयोग गरेको छ। जुन पेट्रोल भेरिएन्टमा पाइन्छ। यो इन्जिन पेट्रोलका साथ ८६एचपीको पावर र ११३एनएमको टार्क जेनरेट गर्छ। सीएनजी मोडमा ७३.४एचपी पावर र १०३एनएमको पिक टार्क जेनरेट गर्छ। यो केवल ५ स्पिड म्यानुअल गियरबक्सका साथ पेस गरिएको छ। अर्थात सीएनजीका ग्राहकले अटोमेटिक गियरको लाभ प्राप्त गर्ने छैनन्। 

टाटा मोटर्सको सीएनजी लाइन–अपमा अन्य मोडलका कारजस्तै पन्चलाई पनि सीधै सीएनजी मोडमा स्टार्ट गर्न सकिन्छ। विशेषगरी यो सुविधा मारुती वा हुन्डईद्वारा पेस गरिएका सीएनजी कारमा पाइँदैन। 

टाटा मोटर्सको पन्च सीएनजीको एक्सटिरियर वा इन्टिरियरमा कुनै ठूलो परिवर्तन गरिएको छैन। यो रेगुल पेट्रोल मोडलजस्तै छ। यसमा ‘आई–सीएनजी’को ब्याजिङ भने पाइनेछ। 

यो एसयूभीको टप–स्पेक एक्प्लिस्ड ट्रिम, ७ इन्च टचस्क्रिन र डिजिटल ड्राइभर डिस्प्ले, एन्ड्रोइट अटो र एप्पल कारप्ले कनेक्टिभिटी, १६ इन्च अलोय ह्विल, एउटा इन्जि स्टार्ट÷स्टप बटन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, हाइट एड्जेस्टेबल ड्राइभर सिटजस्ता फिचर रहेका छन्। 

बजारमा यो एसयूभीको टक्कर हुन्डाईको सबैभन्दा किफायती एसयूभी एक्सटरसँग हुने बताइएको छ।