काठमाण्डौ । टाटा मोटर्सले आफ्नो सातसिटे एसयूभी ‘टाटा ग्राभिटस’ कार ल्याउने घोषणा गरेको छ ।

यो एसयूभी कार मूल रुपमा टाटा ह्यारियरको सातसिटे कारको नयाँ भर्जन हो । यो वर्षको सुरुआतमै जेनेभामा भएको मोटर शोमा टाटा ग्राभिटसलाई टाटा बज्जार्ड नाममा सार्वजनिक गरिएको थियो । जुन त्यो मोटर शोकका लागि मात्र यो नाम राखिएको थियो ।

टाटाको यो नयाँ एसयूभीले मार्केटमा महिन्द्रा एक्सयूबी ५०० र एमजी हेक्टरको सातसिटे भर्जनसँगै फच्र्युनर र एन्डेभरसम्मलाई टक्कर दिने दाबी गरिएको छ।

आउनु जानौँ टाटा ग्राभिटसका १० महत्वपूर्ण तथ्य

ह्यारियरभन्दा राम्रो : टाटा ग्राभिटस एसयूभी ह्यारियरभन्दा लोमा र अग्लो छ । यसको लम्बाइ ४६६१ एमएम, चौडाइ १८९४ एमएम र उचाइ १७८६ एमएम । ह्यारियरको लम्बाइ, चौडाइ र उचाइ भने क्रमशः ४५९८एमएम, १८९४ एमएम र १७०६एमएम छ । यो हिसाबले ह्यारियरको तुलनामा ग्राभिटस ६३एमएम लामो र ८०एएम अग्लो छ ।

फच्र्युनर र एन्डेभरभन्दा चाक्लो  टाटा मोटर्सको यो नयाँ एसयूभी टोयोटाको फच्र्युनर र फोर्डको एन्डेभरजस्ते फुल फ्लेज्ड एसयूभीभन्दा चाक्लो छ । फच्र्युनरको चौडाइ १८५५एमएम र एन्डेभरको १८६९एमएम छ जब कि ग्राभिटसको चौडाइ १८९४एमएम रहेको छ ।

अत्याधिक पावरफुल इन्जिनि : ग्राभिटसमा ह्यारियरको जस्तै २.० लिटर क्रायोटेक डिजेल इन्जिन हुनेछ तर पावर आउटपुट ह्यारियरमा धेरै पाइनेछ । ह्यारियरमा यो इन्जिनि १३बीएचपी पावरको हुनेछ र ३५०एनएम टार्क जेनरेट हुनेछ । ग्राभिटसमा १७०बीएचपी पावर र ३५० टार्क जेनरेट हुनेछ । यो अपडेटेड इन्जिनलाई क्रायोटेक १७० नाम दिइनेछ ।

अटोमेटिक गियरबक्स : टाटा ग्राभिटसमा ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्सको अप्सन हुनेछ । जबकि ह्यारियरमा केबल ६ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । त्यसो त कम्पनीले छिटै ह्यारियरमा पनि अटोमेटिक गियरबक्स राख्ने सोचाइमा छ ।

थुप्रै ड्राइभ मोड्स : टाटाको यो नयाँ एसयूभीमा न्युटल, रिभर्स, म्यानुअल, ड्राइभ र पार्क नाममा ५ ड्राइभिङ मोड पाइनेछ । यसका साथै ग्राभिटस वेट, रफ र नर्मल नाममा तीन मोडका साथै टेरेन रिस्पन्स सिस्टम पनि हुनेछ । 

सनरुफ : टाटा मोटर्सले हालै ह्यारियरका लागि अफिसियल अक्सेसरीका रुपमा इलेक्ट्रिक सनरुफ पेस गरेको छ । ९५ हजार रुपैयाँ अतिरिक्त दिँदा यसलाई ह्यारियरको सबै भेरियन्टमा लगाउन सकिन्छ । तर ग्राभिटसमा प्यानोरमिक ग्लास रुफ लगाइएको हुन सक्ने अनुमान गरिन्छ ।

लुक : डिजाइन र स्टाइलिङका अनुसार टाटा ग्राभिटसको लुक ह्यारियरभन्दा थोरै फरक छ । यो नयाँ कार लामो देखिनुका साथै ठूला आयल ह्विल्जका साथ आउनेछ । यो एसयूभीको तेस्रो लाइनको सिटमा बस्ने यात्रुलाई पर्याप्त हेडरुम दिनका लागि पछाडिभन्दा थोरै सिट उठेको हुनेछ । टेल ल्याम्प र बुट लिड पनि ह्यारियरभन्दा फरक हुनेछ । ह्यारियरको तुलनामा ठूलो विन्डसिल्ड र थोरै बाहिर निक्लेको रियर स्पाइलर पाइनेछ ।

प्रिमियम फिचर्स : टाटा ग्राभिटसको इन्टिरियर लेआउट धेरै हदसम्म ह्यारियरजस्तै हुनेछ । यद्यपि यसमा ह्यारियरको तुलनामा धेरै प्रिमियम फिचर्स र तेस्रो लाइनका अतिरिक्त सिट पाइनेछ ।

मूल्य : ह्यारियरजस्तै ग्राभिटसको प्रतिस्पर्धी मूल्यमा लन्च गरिने अनुमान गरिएको छ । यसको मूल्य ह्यारियरभन्दा भारु १.५ लाखदेखि २ लाखसम्म बढी हुनेछ । अहिले ह्यारियरको मूल्य भारु १३ लाखदेखि १६.८६ लाखसम्म रहेको छ। ग्राभिटसको सुरुआती मूल्य भारु १५ लाखको आसपास रहने अनुमान गरिएको छ । – एजेन्सी