काठमाण्डौ । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ। 

टीभीएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरुद्वारा समर्थित, टीभीएस आईक्युबले क्लास–लिडिङ पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ। जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ। टीभीएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भने, ‘टीभीएस मोटर्सले सधैँ नयाँ प्रविधिहरु अपनाउन अगाडि रहँदै आएको छ। हामीले यसैगरी अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरु खडा गर्दै आएका छौँ। टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौँ। टीभीएस नेपालको अग्रणी कम्पनि हो। हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौँ। हामी विश्वस्त छौँ कि जगदम्बा मोटर्स प्रालिले टीभीएस आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ।’

टीभीएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाइस प्रेसिडेन्ट मनु सक्सेनाले भने, ‘नेपालमा टीभीएस आईक्युब लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं। विभिन्न स्कुटर ग्राहकसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टीभीएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। टीभीएस आईक्युबमा क्लास–लिडिङ डिस्प्ले र युजर इन्टरफेसका साथ प्रदर्शन र प्राविधिक सुविधाहरुको सही मिश्रण छ। साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरु र यापहरुले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकका लागि अत्यन्तै उपयोगी हुनेछ। टीभीएस आईक्युबले १ लाख ५० हजारभन्दा बढी भारतीय ग्राहकलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको छ।’

‘टीभीएसका भारतीय उपभोक्ताहरुले ७०० मिलियन किलोमिटरभन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन् र ५७०० टनको कार्बन एमिशन घटाएका छन् जुन १ मिलियन रूखहरु रोप्नु जस्तै हो’, सक्सेनाले थपे, ‘नेपालमा हाम्रो सक्षम र फराकिलो आपÞm्टर सेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरु उपलब्ध गराउने टीभीएस मोटर्सको प्रयास हो। यो भिजनलाई ध्यानमा राख्दै टीभीएस आईक्युबको परीक्षण विगत केही महिनादेखि नेपालको विभिन्न भूभाग र मौसमको अवस्थाहरुमा व्यापक रुपमा गरिएको छ। टीभीएस आईक्युबको स्वामित्व हाम्रा ग्राहकका लागि एक रोमाञ्चक अनुभव हुनेछ भन्ने कुरामामा हामी विश्वस्त छौँ।’

लन्च कार्यक्रममा जगदम्बा गु्र्रपका चेयरम्यान शाहिल अग्रवालले भने, ‘टीभीएस मोटर्सको नयाँ विद्युतीय स्कुटर  टीभीएस आईक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। टीभीएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको  क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ। यसले हाम्रा ग्राहकहरुलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरु प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ।’

‘हाम्रो नेपालभर रहेका वितरकहरु र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टीभीएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ’, अग्रवालले भने, ‘टीभीएसको जुन पहिला देखिको रेन्ज छ त्यसैलाइ आईक्युबले पनि निरन्तरता दिनेछ र भविष्यका लागि नयाँ बेन्चमार्क सिर्जना गर्नेछ। नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टीभीएस आईक्युबले ग्राहकलाई एक विश्वसनीय ब्रान्डबाट ईभी लिने विकल्प दिएको छ। टीभीएस मोटरसँगको हाम्रो साझेदारीले गुणस्तर र भ्याल्यु प्रदान गर्ने हाम्रो समर्पणको उदाहरण दिन्छ। हामी टीभीएस आईक्युबले व्यवसाय र व्यक्तिहरुलाई समान रूपमा पार्ने सकारात्मक प्रभाव हेर्न उत्सुक छौँ।’

टीभीएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ। ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइलअनुसार एउटारङ छनोट गर्न सक्नेछन्। आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरु डिजाइन गरिएका छन्। सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ। ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ। साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ। लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७८ किमि प्रतिघन्टाको टप स्पिड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किमि प्रतिघन्टासम्म एक्सेलेरेसन दिन्छ। टीभीएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरु रहेका छन्। यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ। जसले सिंगल चार्जमा  १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ। ४.५ घन्टामा ०–८०% सम्म चार्जिङ टाइम रहेको टीभीएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ। साथै कुनै पनि ५ एम्पियर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ। पावर र इको मोडले राइडरलाई  रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ। रियरमा हाइड्रोलिक ट्विन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ।

टीभीएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरुका साथ भरिपूर्ण छ। टीभीएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरु, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरु आएका छन्। कुनै पनि स्मार्ट फोनलाई टीभीएस आईक्युब  एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरु जाँच गर्नुका साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ। एलेक्सा स्किलसेटमार्फत जानकारी लिन भ्वाइस एसिस्टहरुको प्रयोग गर्न सकिन्छ। प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरुले सवारीसाधनको अवस्थाका बारेमा जानकारी दिन्छ। यस स्कुटरले आगमन कल र एसएमएस अलर्टमात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरुसमेत प्रदान गर्दछ। 

प्रिमियम सुविधाहरुसहितको टीभीएस आईक्युब एस पहिलो १ हजार ग्राहकका लागि रु.४ लाख २९ हजार ९०० को आकर्षक मूल्यमा उपलब्ध छ।

भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टीभीएस आईक्युबका बारेमा विस्तृत जानकारीका लागि टीभीएसको स्टल नं. व्११ मा गएर हेर्न सकिनेछ। साथै टीभीएस नेपालको वेबसाइट (धधध।तखकलभउब।िअयmरष्त्रगदभ) तथा काठमाण्डौमा रहेका टीभीएसका ६ वटा डिलरसिपमा सम्पर्क गर्न सकिनेछ।

टीभीएस आईक्युबका मुख्य विशेषता

  • ४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क 
  • ३.३४ किलोवाटको रेटेड पावर
  • ७८ किमि÷घन्टाको टप स्पिड
  • ४.२ सेकेन्डमा ०–४० किमि/घन्टा एक्सेलेरेसन  
  • १०० किलोमिटरको एकल चार्जको रेन्ज
  • रिभर्स/फर्वाड पार्किङ असिस्ट 
  • ७ इन्च टीएफटी क्लस्टर, ५–वे जोइस्टिकको साथ
  • म्युजिक प्लेयर नियन्त्रण
  • नाइट मोड
  • स्मार्ट हेलमेट कनेक्टिभिटी 
  • आगमन कल/एसएमएस अलर्ट
  • क्लस्टरमा कागजात स्टोरेज
  • ३२ लिटर अन्डरसिट स्टोरेज
  • १० डिग्रीको ग्रेडेबिलिटी