काठमाण्डौ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले १ लाख युनिट बढी कार बजारबाट फिर्ता मगाएको छ । कम्पनीले सुरक्षा कारण देखाउदै बजारबाट १ लाख २० हजार कार फिर्ता मगाएको हो । 

दुर्घटनाका बेला अनलक्ड ढोका खुल्न सक्ने र यसले चोटपटकको जोखिम बढाउन सक्ने भएकाले फिर्ता मगाउन लागिएको कम्पनीले जनाएको छ । 

अमेरिकामा यो समस्याले मोडल एस र एक्स भेइकल २०२१—२३ मोडलका कारहरु प्रभावित बनेको नेशनल ट्राफिक सेफ्टी एडमिमिस्ट्रेशनले जनाएको छ । 

नियमति क्रयास टेस्टका क्रममा गत डिसेम्बर ६ मा यो समस्या देखिएको टेस्लाले उल्लेख गरेको छ । कम्पनीले यो समस्याबाट प्रभावित कारहरुका लागि ओभर—द—एअर(ओटीए)सफ्टवेयर अपटेड गरेको छ । कार धनीहरुलाई यस सम्बन्धि जानकारी सन् २०२४ फेब्रुअरी १७ सम्म मेल गरिने कम्पनीले जनाएको छ । 

गत साता मात्रै कम्पनीले अटोपाइलट फिचरलाई लिमिट गर्न करीब २० लाख कार बजारबाट फिर्ता मगाएको थियो ।