काठमाण्डौ । मारुती सुजुकी र टोयोटाको ज्वाइन्ट भेञ्चरको रुपमा टोयोटा ग्लाञ्जा कार बनाउने क्रम जारी रहेको छ । यो कारको औपचारिक लञ्चिङअघि नै यसका केही महत्वपूर्ण विशेषताहरु लिक भएका छन् ।
यो कार आगामी जून ६ मा लञ्च हुने कार्यक्रम छ । यो कार मारुती बलेनोमा आधारित रहेर बनाइएको छ । रिपोर्टका अनुसार टोयोटा ग्लाञ्जा दुई भेरिएन्टमा(जी र भी)मा आउनेछ । यसमध्ये भी टप भेरिएन्ट हुनेछ ।
टोयोटा ग्लाञ्जामा १.२ लीटरको पेट्रोल इञ्जिन रहनेछ, जसले ८२ बिएचपीको पावर र ११२ एनएमको टर्क जेनेरेट गर्नेछ । यसबाहेक ग्लाञ्जामा ८९ विएचपी पावरवाला १.२ लिटर के १२ सी ड्यूल–जेट माइल–हाइब्रिड इञ्जिनको विकल्प समेत प्राप्त हुनेछ । ड्यूल जेट हाइल्ड हाइब्रीड इञ्जिन जी भेरिएन्ट्समा मात्र प्राप्त हुनेछ, जुन म्यानुअल गियरबक्सबाट सुसज्जित हुनेछ ।
यो भेरिएन्टमा अटोमेटिक ट्रान्समिसन पनि प्राप्त हुनेछ, तर यो बिना हाइब्रीडवाला १.२ लिटरवाला इञ्जिनमा मात्र हुनेछ । भी भेरिएन्टमा चाहि बिना हाइब्रीडवाला १.२ लिटरको इञ्जिन हुनेछ भने जसमा म्यानुअल र ट्रान्समिसनको अप्सन उपलब्ध हुनेछ ।
लिक भएको फिचर्सः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago