काठमाण्डौ । टोयोटा किर्लोस्कर मोटरले आफ्नो पपुलर एसयूबी फर्च्युनरका सीमित एडिसन टीआरडी स्पोर्टिभो भारतको दिल्ली एक्सशोरुममा लन्च गरेको छ ।
यो कार पछिल्लो एक दशकदेखि भारतीय बजारमा बिक्री भइरहेको छ । नयाँ फर्च्युनर टीआरडी सेलिब्रेसन एडिसनको डिजाइन टोयोटा रेसिङ डेभल्पमेन्टले गरेको हो । यो कार डिजल वरिएन्टमा उपलब्ध छ । जुन अटोमेटिक ट्रान्समिसनका साथ आएको छ ।
यसको मूल्य दिल्ली एक्सशोरुममा नेरु ६२.१६ लाख (भारु. ३३.८५) रहेको छ ।
टोयोटा मोटर्सका डिप्टी म्यानेजिङ डाइरेक्टर एन राजाका अनुसार फर्च्युनर एसयूबीले सन् २००९ मा भारतीय बजारमा तहल्का मच्चाएको थियो र यसलाई लामो समयदेखि भारतीय ग्राहकले मन पराइरहेका छन् । उनका अनुसार ग्राहकको आय बढेअनुसार नै यसको मूल्यमा पनि फेरबदल हुन्छ । उनालाई विश्वास छ कि यो नयाँ फर्च्युनर टीआरडीले भारतीय बजारमा नयाँ कीर्तिमान कायम गर्नेछ ।
टोयोटा फर्च्युनर टीआरडीमा नयाँ फ्रन्ट र रियर बम्पर, डुअल टोन रुफ, स्पोर्टी ब्ल्याक एन्ड मरुन लेदर सिट र ब्ल्याक एलय ह्विल दिइएको छ । यो कार २.८ लिटरको डिजेल इन्जिनमा पाइनेछ । यसको इन्जिन १७४एचपी पावरको र ४५० न्युटन मिटर टार्क जेनरेट गर्न सक्छ । यसका साथै ६ स्पिड अटोमेटिक गियरबक्स रहेको छ । यसको माइलेज १२.९ किलोमिटर प्रतिलिटर रहेको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago