 
                     
                                
                             
                                    काठमाण्डौ । जापानी मोटर कम्पनी टोयोटा र होन्डाले जापानमा आफ्ना कर्मचारीको तलबमा रेकर्डतोड वृद्धि गर्ने घोषणा गरेका छन्। यो विगत केही दशकयताकै सबैभन्दा ठूलो तलबवृद्धि हुनेछ।
विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा मूल्यवृद्धिलाई ध्यानमा राख्दै तलब वृद्धि घोषणा गर्ने कम्पनीको सूचीमा टोयोटा र होन्डा पनि परेका छन्।
आधिकारिक तथ्यांकअनुसार जापानमा मुद्रास्फीति विगत ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ। यसले त्यहाँका कम्पनी र सरकारलाई जनतालाई सहयोग गर्न दबाब बढाएको छ ता कि उनीहरुको घट्दै गएको खर्च क्षमतालाई सम्हाल्न सकियोस्।
जापानमा प्रत्येक वर्ष कम्पनीहरुले सामान्यतया तलब वृद्धिको घोषणा गर्नुअघि कर्मचारी युनियनहरुसँग वार्ता गर्छन्। यो काम प्रायः मार्च १५ को आसपास गरिन्छ। तर, यसपटक कम्पनीहरुले समयअगावै तलब वृद्धि घोषणा गरिरहेका छन्।
यद्यपि यी कार निर्माताले अहिलेसम्म यो वर्षको घोषणा किन समयभन्दा अगाडि भइरहेको छ भनेका छैनन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19