काठमाण्डौ । टोयोटा किर्लोस्करले आफ्नो दमदार मल्टीपर्पज भेहिकल (एमपीभी) टोयोटा भेलफायर आज भारतीय बजारमा सार्वजनिक गरेको छ। यसका साथै कम्पनीले यो कारको बुकिङ विन्डो पनि खुला गरेको छ। 

कम्पनीद्वारा प्रेस विज्ञप्तिमा यो कारको डेलिभरी आउँदो नोभेम्बरबाट सुरु गरिनेछ। 

कम्पनीले टोयोटा भेलफायर २ वटा भेरिएन्टका साथ लन्च गरेको छ। यो कारणको सुरुआती मूल्य भारु १.१९ करोड तोकिएको छ। टप भेरिएन्टको मूल्य भारु १.२९ करोडसम्म हुन सक्ने कम्पनीले जनाएको छ। 

यो कारमा पावरफुल, एड्भान्स र फ्रेन्डली फिचर दिइएको छ। यसमा सेल्फ चार्जिङ स्ट्रङ हाइब्रिड इलेक्ट्रिक भेहिकल (एसएचईभी) फिचर पाइनेछ। यो फिचरको धेरै फाइदा छन्। 

यसका डुअल पावर सोर्सका साथ एड्भान्स टेक्नोली, १९.२८ केएमपीएल माइलेजका साथ हाई फ्युल एफिसियन्सीजस्ता सुविधा छन्। 

यो कारमा सेकेन्ड रमा मसाज फंक्सन मिल्नेछ। यो कारमा १४ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ। जसमा १५ जेबीएल स्पिर्क, एप्पल कार प्ले र एन्ड्रोयड अटो कनेक्टिभिटी पनि दिइएको छ। 

टोयोटा भेलफायरमा ६ वटा एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, प्यानारोमिकभ्यु मनिटर, पार्किङ असिस्ट्स अलर्ट, हिल असिस्ट्स कन्ट्रोलजस्ता थुप्रै सेफ्टी फचिर पाइनेछ। यो कारमा २.५ लिटरको इनलाइन ४ सिलिन्डर डीओएसच इन्जन जडान गरिएको छ। यो इन्ज ६००० आरपीएममा १४२ केडब्लयूको म्याक्सिमम पावर र ४३००–४५आरपीएमको २४० एनएमको म्याक्सिमम टर्क जनरेल गर्छ। यसका अलावा यो कारमा इलेक्ट्रिक मोटर र हाइब्रिड ब्याट्री पनि पाइनेछ। –एजेन्सी