अब २००९ ११ को स्मारकमा कुनै फूल देखिन्न । अमेरिकामा यो एउटा यस्तो ठाउँ थियो, जुन सधैं गुलाब र अन्य थरिथरिका ताजा फूलहरुले सजिएर सधैं चिटिक्क देखिन्थ्यो । जहाँ पोस्टकार्ड आकारको अमेरिकी झण्डा, प्लाष्टिकको एक अस्थायी पर्खालभन्दा केही परको सुनसान ठाउँमा सधैं राखिन्थ्यो । 

अमेरिकाको न्यूयोर्क शहरको चमकदमक भइरहने मुख्यक्षेत्र ब्राण्डवे, जो श्वेत जातिको महानताको मिसालको रुपमा चिनिन्थ्यो र जहाँ जहिले पनि चहलपहल भइरहन्थ्यो, अहिले यहाँ अँध्यारो सन्नाटा छाएको छ । 

यो सहरको निकै चर्चित उपनगरीय रेल स्टेशन समेत सुनसान भूतको शहर झै प्रतित हुन थालेको छ । तथापि, न्यूयोर्कको विश्वभरमै बिख्यात म्यानहट्टन इलाकाका बासिन्दालाई स्टेटेन आइल्याण्ड लैजाने डुंगाहरु, स्टेचू अफ लिबर्टी छेउ हुँदै अहिले पनि न्यूयोर्क खाडीबाट अगाडि बढिरहेको देखिन्छ । 

तर, तपाईले यदि नजिकबाट हेर्नुभयो भने त्यहाँ निकै मुश्किलले मात्र कुनै घुमुवा बसेको देख्नुहुन्छ । कुनै बेला मानिसहरुको ठेलमठेल हुने टाइम स्क्वायर अहिले यस्तो देखिएको छ, मानौं विश्वमा मानिसहरुको अनिकाल लागेको छ। 

हाम्रो पूरा ग्रहमा तीव्र गतिमा फैलिएको कोरोना भाइरसको आतंक यस्तोसम्म छ कि अब विश्वका कुनै पनि चौरस्तामा मानिस मानिसलाई भेट्न चाहदैन । 

न्यूयोर्क शहर, जुन आफ्नो जबरदस्त उर्जा तथा उत्साहका लागि चर्चित थियो । त्यो न्यूयोर्क शहर जसले बडो शानका साथ भन्थ्यो कि ऊ कहिल्यै पनि निदाएन । त्यही न्यूयोर्क शहर अहिले कुम्भकर्णको जस्तो निन्द्रामा जान विवश बनेको छ । 

आजको दिनमा न्यूयोर्क शहरमा कोरोना भाइरस संक्रमणका यति धेरै बिरामी भइसकेका छन् कि अमेरिकाका अन्य उपनगरीय इलाकामा भेटिएका कुल संक्रमित मानिसको संख्या जोडेर हेर्दा पनि न्यूयोर्क भन्दा कमै हुन्छ । यस्तो बेलामा न्यूयोर्क शहर फेरि एकपटक ग्राउण्ड जीरोको अवस्थामा पुगेको चर्चा हुन थालेको छ । 

यो एउटा यस्तो उपमा हो, जुन उपमा आफ्नो शहरलाई नदिइयोस् भन्ने मामलामा न्यूयोर्कका बासिन्दा सचेत थिए । अचानक आएको पागलपन जस्तै, हाम्रो विश्व नै क्षणभरमा ठप्प बन्न पुगेको छ । यहाँको अवस्था त्यस्तो भएको छ, जस्तो सन् २००१ को सेप्टेम्बर ११ मा भएको थियो । 

जसरी कुनै संकटको बेला नै मानिस चिन्ने मौका आउँछ । ठीक त्यसैगरी सामुन्नेको चुनौति देखेर सम्बन्धित मुलुकमा चरित्र बाहिर आउँछ । यति ठूलो संकट सामुन्ने खडा छ, हो यस्तै बेलामा तुरुन्त थाहा हुन्छ कि  कुनै पनि देशको मुखिया(देश चलाउने मुख्य मान्छे) चुनौतिको डटेर सामना गर्ने ल्याकत राख्छ कि राख्दैन भन्ने कुरा । त्यस्ता चरित्रमा यस्ता संकटलाई समाधान गर्ने क्षमता छ कि छैन भन्ने पनि यही बेला थाहा हुन्छ । 

डोनल्ड ट्रम्पबाट यस्तै आशा थियो ?
आज अमेरिका मात्र नभई पूरा विश्व संकटको सामना गरिरहेको छ, यस्तो बेलामा अमेरिकाको सरदारको विषयमा हामीलाई कुन कुरा थाहा भइरहेको होला त?

के अमेरिकाको सत्ताको केन्द्र, क्यापिटल हिलमा बसेका सांसद यो चुनौतिको सामना गर्न तयार छन् त ? स्मरण रहोस् यो त्यो अमेरिकी संसद हो, जुन वर्षाैदेखि विधायिकी दाउपेचको तालाबन्दीमा कैद छ । 

त्यसो हो भने फेरि उनीहरु यो महामारीबाट पैदा भएको चुनौतिको सामना गर्न कुन हदसम्म एकजुट हुन तयार होला ?र, त्यो व्यक्तिको विषयमा तपाई के सोच्नुहुन्छ, जो ह्वाइट हाउसको विश्वप्रसिद्ध ओभल अफिसमा, भिक्टोरियाबाट उपहारको रुपमा प्राप्त ऐतिहासिक र चर्चित रिजोल्यूट डेस्कको पछाडि बस्ने गर्छ ?र, जसले आफूले आफैंलाई युद्धको बेलाको राष्टपतिको उपमा भिराइदिएको छ । 

यी तीनमध्येका अन्तिम प्रश्न सबैभन्दा कम चासोको हुनसक्ला । यसको मुख्य कारण यो हो कि डोनल्ड टम्पले कोरोना भाइरसबाट निम्तिएको संकटसँग जुध्नका लागि जे जे काम गरे, हामीलाई त्यसैको आशा थियो । ट्रम्पमा कुनै परिवर्तन नै आएको छैन । उनी अहिले पनि परिपक्व र समझदार हुन सकेका छैनन् । उनले आफ्नो गल्ती स्वीकार गर्न कहिल्यै सिकेनन् । उनमा बिनम्रता भन्ने सानो चिज पनि आएन । 

बरु, ट्रम्पको शासनकालको जति पनि खुबीहरु रहे, ती यो संकटको दौरान अझ बढी उम्लिएर आए । उनको हाँसोमा उडाइदिने लायक ठूला ठूला रवाफ सुन्दा अब त हाँसो पनि आउन छाडेको छ । 

ट्रम्पले संकटको सामना गर्न चालेका आफ्ना कदमहरुलाई १० पूर्णांकमा १० नम्बर नै दिने गरेका छन् । उनले यो संकटलाई जुन हिसाबले

राजनीतिकरण गरे, त्यो पनि यसको एउटा उदाहरण हो । जबकि यो संकटको राजनीतिकसँग निकै पर पर पनि कुनै सम्बन्ध थिएन । 

ट्रम्प जब सेन्टर्स फर डिजिज कन्टोल(सिडीसी)को भ्रमणमा गए, तब उनले आफ्नो राष्टपति चुनाव प्रचार अभियानको टोपी लगाएका थिए, जसमा मोटो अक्षरले लेखिएको थियो-किप अमेरिका ग्रेट अर्थात अमेरिकालाई महान बनाइराखौं । 

सत्य कुरालाई तोडमोड गरी प्रस्तुत गर्ने टम्पको तरिका, दिमागलाई नै हल्लाइदिने खालको छ । ट्रम्पको दाबी त यस्तो पनि छ कि उनलाई त यो संकटको भयावह रुपको विषयमा पहिलादेखि नै राम्रो जानकारी थियो रे । जबकि साचो कुरा त यो हो कि हप्तौसम्म पनि उनले यो भाइरसलाई सानोतिनो बिरामी भन्दै आफ्नै जिद्धी लादिरहे । 

मजाक उडाइरहने नेता
फेरि ट्रम्पको यो हदसम्मको लापरबाहीमा प्रश्न उठाउनेवाला मिडियालाई उनले फेक न्यूज मिडियाको आक्षेप लगाउँदै सधैं झै एकपटक फेरि त्यस्ता सवाल खारेज गर्ने कामतर्फ लागे । यसमा खास गरी एक पत्रकारमाथि उनको विषाक्त हमलाको कुरा गर्नु सान्दर्भिक हुनसक्छ । 

जब ह्वाइट हाउसका एक संवाददाताले टम्पलाई सोधे कि कोरोनाबाट डराइरहेका अमेरिकीहरुका लागि तपाईको के सन्देश छ ? जवाफ दिंदै राष्टपतिले भनेका थिए-म उनीहरुलाई भनिरहेको छु कि तिमी निकै घटिया संवाददाता रहेछौ । 

ट्रम्पको व्यर्थको चिडचिडापन त्यो बेला फेरि एकपटक दुनियाँसामु उजागर भयो, जब उनले सिनेटर मिट रोमनीको आफैंबाट आइसोलेसनमा जाने विषयलाई लिएर मजाक उडाए । मिट रोमनी, एक मात्र रिपब्लिकन सिनेटर थिए, जसले टम्पविरुद्ध महाअभियोग प्रस्तावमा पदबाट हटाउने पक्षमा भोट गरेका थिए । 

डोनल्ड ट्रम्प लगातार ती अमेरिकी संस्थाहरुमाथि हमला गरिरहे, जो यो संकट समाधानका लागि थालिएको अभियानको अघिल्लो मोर्चा सम्हालिरहेका थिए । जुन बिहान टम्पले राष्टपति पदको मञ्चमा उभिएर अमेरिकाको सबैभन्दा कडा टाभल एड्भाइजरी जारी गरिरहेका थिए । र, अमेरिकी नागरिकहरुलाई अन्तराष्टिय यात्रा गर्नका लागि हिम्मत जुटाउन भनिरहेका थिए । त्यही दिन उनले आफ्नै विदेश विभाग अर्थात स्टेट डिपार्टमेन्टलाई असीमित ताकतवाला खुफिया शक्तिबाट सुसज्जित विभाग भनेका थिए । 

आँकाडा तथा रेटिंगमा टम्पको आकर्षण यस्तो छ कि यसका लागि उनी जुनसुकै हद पार गर्न तयार छन् । कोरोना भाइरसको कुरा गर्ने हो भने उनले पश्चिमी तटमा आएर रोकिने इजाजत माग्नेवाला एक क्रूज शिपलाई यसको इजाजत नै दिएनन् । र, यसमा उनले भने कि-मलाई संख्या मन पर्छ, चाहे त्यो जुनसुकै खालको किन नहोस् ?तर, यसका लागि हामी कुनै पनि जहाजको जिम्मेवारी लिन सक्दैनौ । किनभने त्यो हाम्रो गल्ती होइन, भलै यसबाट कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या दोब्बर नै किन नहोस् । 

सस्तो प्रचारको लालचमा ट्रम्प यति आशक्त छन् कि उनी त्यसका लागि जे पनि बोलिदिन्छन् । कोरोना भाइरसको उपचारकै कुरामा पनि यस्तै भयो । ट्रम्पले भनिदिए कि हाइडोक्सी क्लोरोक्वीन तथा एजिथ्रोमाइसिन मिसाएर हामीले औषधि उत्पादनको इतिहासमै सबैभन्दा ठूलो गेम चेञ्जरको विकास गरेका छौ । तर, ट्रम्पले यस्तो दाबी त्यो बेलामा गरे, जति बेला त्यहाँका स्वास्थ्य अधिकारीले मानिसलाई कुनै झूठो आशा जगाउने खालका कुरा गर्नबाट बच्न सुझाव दिइरहेका थिए । 

(बीबीसीबाट सश्लेषणसहित अनुदित)