– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता दोस्रो बजारमा ४ दिन कारोबार भएको छ। बजार ३ दिन घट्यो भने १ दिन बढेको छ।
अघिल्लो साता १८८९.७५ मा बन्द भएको बजार यो साता १८६९.७३ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा २०.०२ अंकले गिरावट आएको छ। अघिल्लो साता पनि दोस्रो बजारमा करिब १५ अंकको गिरावट आएको थियो।
यो साताभरि दोस्रो बजारमा करिब २ अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ५ दिनमा ३ अर्ब ९५ करोड रुपैयाँको भएको थियो। यस हिसाबले यो साता पनि दोस्रो बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ।
दोस्रो बजारमा यो सातासहित लगातार ३ साता गिरावट आएको छ।
ट्रिपल बटम
बजारलाई पछिल्लोपटकको उच्च विन्दु जनवरी २०२२ मा २९५० को आसपास चलेको थियो। त्यहाँबाट खसेको बजारले पहिलो बटम जुन महिनाको मध्यमा बनायो थियो भने दोस्रो बटम सोही वर्षको डिसेम्बर महिनामा लगाएर पुनः २२०० को यात्रा तय गर्यो। त्यसपछि फेरि ओरालो लागेको बजारले तेस्रो बटम हाल लगाउँदै गरेको देखिन्छ।
यस हिसाबले बजारमा हाल प्राइस करेक्सनपछिको टाइम करेक्सन लिँदै गरेको देखिन्छ। विगतको बियरिसलाई नियाल्दा यस्तो करेक्सन बजारमा अझै केही समय लिन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
सुपर ट्रेन्ड
सुपर ट्रेन्डका आधारमा अहिलेको बजारलाई हेर्दा अघिल्लो महिना अप्रिलमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। सुपर ट्रेन्डको रङ हरियो नै रहेको छ। सुपर ट्रेन्डका आधारमा बजार १८४३ भन्दा माथि–माथि रहुन्जेल बाई सिग्लन भ्यालिड नै रहेको देखिन्छ। यो साताको कारोबारमा बजारले सुपर ट्रेन्डमा सपोर्ट लिएर माथिको यात्रा तय हुँदै गरेको देखिन्छ।
बोलिंगर, म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले करिब १० साता अगाडि नै मध्य ब्यान्ड छोडेर तल झरेको देखिन्छ। तर, तल्लो ब्यान्ड छुन नसकेको अवस्था देखिन्छ। साप्ताहिक चार्टमा नै बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम लामा र बोल्ड नै भएका छन्।
साप्ताहिक चार्टमै आरएसआई ६० को तहबाट खसेर ४० को विन्दुमा पुगेको छ। यस्तो विन्दु ओभर सोल्ड जोन ३० सम्म आउन सक्छ।
पिभट
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १८९२
घटेमा सपोर्ट
निष्कर्ष
यो साता पनि सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ। अघिल्लो साता १५ अंकले घटेको बजारमा यो साता २० अंकको गिरावट आएको छ। यस हिसाबले यो साता पनि बजारमा कारोबार र सूचक दुवैममा गिरावट जारी रह्यो। यस्तो गिरावट दोस्रो बजारमा तीन सातादेखि निरन्तर आइरहेको छ। तर, बजारले यो साता १८४८ मा बलियो सपोर्ट लिएको देखिन्छ। यो साता १८६९ मा बन्द भएको बजार यदि आगामी साता पिभट प्वइन्ट १८९२ भन्दा माथि टिकेर भोलुमसहित कारोबार भएको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ। अन्यथा आगामी साता पनि बजार साइडवज नै चल्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19