काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरका सीईओसहित उच्च अधिकारीहरुलाई बर्खास्त गरेका छन्।
ट्विटरको मालिक बनेसँगै मस्कले बिहीबार सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्। मस्कले ४४ अर्ब डलर ट्विटर किनेका छन्।
केही महिनाअघि मस्कले ट्विटर किन्ने सम्झौता गरेका थिए। तर, पछि मस्कले विभिन्न कारण देखाउँदा ट्विटर किन्ने सम्झौता रद्द गरेका थिए।
मस्कले सम्झौता रद्द गरेसँगै ट्विटरले अदालतमा मुद्दा हालेका थियो। अदालतले मस्कलाई आज अक्टोबर २८ सम्म ट्विटर खरिद सम्झौता पूरा गर्न सीमासीमा दिएको थियो।
अदालतले दिएको समयसीमा सकिनु २ दिनअघि मस्क ट्विटरको अमेरिकाको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेर सम्झौतालाई अन्तिम रुप दिएका थिए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19