काठमाण्डौ । के तपाइँलाई थाहा छ- ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ? तपाइँलाई ती व्यक्तिको नाम पक्कै पनि सुनेको हुनुपर्छ। ती व्यक्ति हुन् ट्विटरका मालिक एलन मस्क।

मस्कको अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन्। मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३ करोड ३१ लाख फलोअर्स छन्।

नयाँ फलोअर्स बढेका कारण मस्कले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन्। बराक ओबामाको ट्विटरमा १३ करोड ३० लाख फलोअर्स छन्। 

मस्कले गत वर्ष अक्टोबर महिनामा ट्विटर किनेका थिए। त्यसपछि ट्विटरमा धेरै परिवर्तन गरिएका छन्। जसमा सीईओ पराग अग्रवाललगायत हजारौँ व्यक्तिलाई बर्खास्त गर्नेदेखि लिएर भेरिफाइड अकाउन्टका लागि ‘ब्लु टिक’ लिन शुल्क तिर्नुपर्नेजस्ता नियम समावेश छन्। –एजेन्सी