Global Ime Bank
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ ।
ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम लंगबाट आफ्नो एटीएम सेवा सुरु गरेको हो ।
नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ११२ वटा शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago