काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडको काठमाडौंको ठमेलमा ६३ औं शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच गरेका हुन् । 

समारोह संस्थाको सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । 

कैलाश विकास बैंकको यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिटान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । 

यस नयाँ शाखासहित बैंकको शाखा संख्या ६३ पुगेको छ भने एटीएम संख्या २७ पुगेको छ । 

बैंकले निकट भविष्यमा बाँंके जिल्लाको नेपालगञ्ज, सुर्खेतको छिन्चु बजार तथा बिरेन्द्रनगरको महेन्द्रनगर, दाङ्गको तुल्सीपुर लगायत अन्य विभिन्न ठाउँहरुमा शाखा बिस्तारको तयारी गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।