काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो शाखा सञ्जाल बिस्तारको कामलाई निरन्तरता दिइरहेको छ । यही क्रममा बैंकले साउन २० गते सोमबारदेखि ठमेलमा समेत नयाँ शाखा स्थापना गरी कारोबार थालेको छ । 

काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडानम्बर २९ ठमेलमा नयाँ शाखा स्थापना गरी बैंकिङ कारोबार थालिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

योसहित महालक्ष्मी विकास बैंकको शाखा सञ्जाल संख्या ९८ पुगेको छ । बैंकका देशभर करिब ५ लाख ग्राहक छन् ।