काठमाण्डौ । पछिल्लोपटक २२२३ बाट झरेको बजारले १८३६ सम्मको न्यून विन्दु बनाएर सम्हालिन खोजेको देखिन्छ।
आज दिनभरको कारोबारमा बजारले राता लामो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनाएको छ। यस्तो आकृति यदि बजारमा हरियो मारुबुजु क्यान्डलपछि अप ट्रेन्डमा बनेमा सुटिङ स्टार बनेको मानिन्छ। यसले बजारमा गिरावट आउने संकेत गर्छ।
यसको ठिकविपरीत यस्तो क्यान्डल डाउन ट्रेन्डमा बन्छ भने यसले अप ट्रेन्डको संकेत गर्छ।
लामो समयको गिरावटपछि यस्तो क्यान्डल बनेमा बजारमा बढोत्तरीको सम्भवाना हुन्छ। केही समयपहिले यस्तै क्यान्डल बन्दा बजारको बुलिस यात्रा तय भएको थियो। (हेनुहोस् कालो एरो)
आज पनि रातो क्यान्डलपछि यस्तै क्यान्डल बनेका कारण बजारमा बढोत्तरीको सम्भावना देखिन्छ। (हेर्नुहोस् हरियो एरो)
यस्तो आकृति भ्यालिड हुन भने बजारले मंगलबार बनेको रातो क्यान्डलबराबर आगामी कारोबारमा हरियो क्यान्डल बन्नुपर्छ। अर्थात् बिहीबारको बजार १८७५ को आसपास बन्द हुनुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19