काठमाण्डौ । पछिल्लोपटक न्यून विन्दु १८०६ बाट बढेर माथि गएको बजारले २२२३ मा उच्च विन्दु बनाएको थियो। बजार आज २००० भन्दा तल कारोबार भएर बन्द भएको छ। 

पछिल्लो उच्च विन्दु २२२३ बाट झरेको बजारले २१७० को हायर लोभन्दा तल झरेपछि डाउ थेउरीअन्तर्गत बिक्री सिग्नल दिएको थियो (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो) सानो टाइमफेरममा पनि बजारले पछिल्लोपटक २०३५ को हायर लोभन्दा तल झरेर बजारमा थप कमजोर भएको देखिन्छ। 

आज बजारले पछिल्लोपटकको लोवर लो २००६ भन्दा पनि तल झरेर नयाँ लोवर लो १९८९ मा बनाएको छ। योसँगै बजारले दैनिक नयाँ लोवर लो बनाउँदै गरेको देखिन्छ। 

घट्दा पनि एकैपटक नघट्ने र बढ्दा पनि एकैपटक नबढ्ने भएका कारण आगामी दिनमा बजारमा सानो बाउन्स आउन सक्ने सम्भावना जीवितै छ। यदि त्यस्तो बाउन्स अब २००६ भन्दा माथि गएर बन्द भएमा बजारमा पुनः माथिको सम्भावना पनि उत्तिकै रहेको छ। अन्यथा पुनः नयाँ लोवर लोको विन्दु तय गरेमा बजार केही समय करेक्सनमा जान पनि सक्छ। 

यदि त्यस्तो भएमा बजारले पिभट प्वइन्टको नजिकको पहिलो सपोर्ट १९९७ हुन जान्छ। जुन आज भत्किसकेको छ। 

अबको दोस्रो सपोर्ट भनेको बजारको १९७२ मा र तेस्रो भनेको १९२६ सम्म हुन सक्नेछ। यदि बजार बढेमा पहिलो प्रतिरोध २०६८ मा, दोस्रो प्रतिरोध २११४ मा र तेस्रो प्रतिरोध २१३४ मा हुन सक्ने देखिन्छ।