काठमाण्डौ । सेयर बजारमा आज १ अर्ब रुपैयाँ बढीको भोलुमसहित ५६ अंक बढीको बढोत्तरी भएको छ। योसँगै बजार आज १९३०.९७ को विन्दुमा बन्द भएको छ।
डाउ थेउरीअन्तर्गत बजारले यसअघिको लोवर हाईको विन्दु १९१० भन्दा माथि बन्द भएर हायर हाई बनाउँदै गरेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। यसले बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ।
सुपर ट्रेन्डमा पनि मूल्यरेखाले ट्रेन्डको रेखालाई तलबाट काटेर खरिद सिग्नल बनेको छ। योसँगै ट्रेन्ड लाइनको रेखाको रङ पनि रातोबाट हरियो बनेको छ। यसले पनि बजारमा खरिदचाप पर्दै गएको बुझिन्छ।
आगामी दिनमा बजार बढेमा पिभट प्वइन्टमार्फत हेर्दा पहिलो प्रतिरोध १९१०, दोस्रो प्रतिरोध १९४६ मा र तेस्रो प्रतिरोध १९८५ मा देखिन्छ। भोलुमका आधारमा पनि लामो समयपछि १ अर्ब रुपैयाँमाथि कारोबार हुनुले बजारले विस्तारै लय समात्दै गएको प्राविधिक रुपमा देखिन्छ।
त्यसैगरी घटेमा सपोर्ट क्रमशः १८३६, १७९८ र १७६२ मा हुनेछ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago