काठमाण्डौ । हिजोको कारोबारमा सुटिङ स्टार बनाएको सेयर बजारमा आज भने तल लामो धागोसहितको क्यान्डल बनाएको छ। तर, हिजोको सुटिङ स्टारलाई इन्भ्यालिड बनाइसकेको छैन। 

आजको बजार सुरुमा घटे पनि अन्तिममा बढेको छ। आज कारोबार र तथा भोलुम भने घटेको देखिन्छ। सुपर टे«न्ड तथा मुभिङ एभरेजबाट बजारलाई हेर्दा लगभग बजारले अप ट्रेन्ड समातेको बुझ्न सकिन्छ। 

आवरली चार्टमा बजारलाई डाउ थेउरीमार्फत हर्ने हो भने पछिल्लोपटकको न्यून विन्दु १८५० मा सपोर्ट लिएको बजारले हायर हाई र हायर लो बनाएको देखिन्छ।  अबको  बजारले लोवर हाई नबनाएसम्म बजार बुलिस नै रहेको भन्न सकिन्छ। 

इचिमोकुमार्फत हेर्दा बजारमा मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा माथि गएका छन्। (हेर्नुहोस् कालो एरो)  

त्यसैगरी २६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउडभन्दा माथि गएको छ (हेर्नुहोस् हरियो एरो)। यसले बजार अप ट्रेन्डमा चलेको बुझ्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।