काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबारमा घटेर बन्द भएको सेयर बजार यो साताको दोस्रो कारोबारमा पनि बजार घटेर नै बन्द भएको छ।
यो साताका २ वटा कारोबारमा नै बजारले करिब ४० अंक गुमाइसकेको छ । बजार खासगरी अंग्रेजी महिनाको जनवरी १० देखि निरन्तर खसेको छ।
त्यसपछि खसेको बजारलाई प्राविधिक रुपमा ट्रेन्ड लाइन अर्थात डाउ थेउरीमार्फत हेर्दा बजारले क्रमशः लोवर हाई र लोवर लो बनाउँदै खसेको छ।
तत्काल बजार पस्नका लागि निरन्तर खसेको बजारमा हाल डाउ थेउरीअन्तर्गत हायर लो बनाएर बजारले बाई सेट अप बनाएको अवस्था भने बजारमा देखिँदैन। यसकारण बजारमा अझै ‘पर्ख र हेर’को अवस्थामा नै रहन उपयुक्त हुन सक्छ।
बजारलाई बोलिंगरमार्फत हेर्दा आज मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको बियरिस मारुबुजु क्यान्डल बनेको छ। म्याक्डीमार्फत हेर्दा बजारमा पुनः आज बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ बनेको छ। आरएसआई पनि ओभर सोल्ड जोन ३० नजिक पुगेको छ।
आज १८७१ मा बन्द भएको बजार यदि घट्ने क्रमले निरन्तरता पाउँछ भने अबको बलियो सपोर्ट १८४८ मा र त्यसपछिको सपोर्ट भनेको पहिलेकै सपोर्ट विन्दु करिव १८१० आसपास हुन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19