काठमाण्डौ । सेयर बजार आज बिहान सुरुआती समयमा सामान्य अंकले घटेको थियो। तर बजार अन्तिममा ३७ अंकभन्दा बढीले बढेर बन्द भएको छ। 

कारोबारको हिसाबले आजको बजरालाई हेर्दा करिब ६ महिनापछिकै उच्च कारोबार भएको छ। यसअघि ४ अर्ब रुपैयाँभन्दा माथि कारोबार गत जनवरी १८ मा मात्रै भएको थियो। त्यसपछि आज बजारमा एकैदिन ४ अर्ब १२ करोड रुपैयाँको उच्च कारोबार भएको हो। 

बजारलाई प्राविधिक रुपमा डेली बेसमा हेर्दा आज बुलिस क्यान्डल बनेको छ। बजार बोलिंगरको अपर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा भएका छन्। डेली बेसमा नै आरएसआई ६९ को तहमा पुगेको छ। 

बजारलाई आवरली बेसमा हेर्दा आज कारोबारको अन्तिम समयमा सामान्य अंकले करेक्सन आएको छ। बोलिंगरको अप्पर ब्यान्डमा सुटिङ स्टार बनेको छ। अन्तिम आवरमा बजार घट्दा कारोबार बढेको छ।  

आरएसआई ७५ को ओभर बट जोनबाट केही झुकेको छ। म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक तर फिक्का बनेको छ। यसले आगामी कारोबारमा इन्ट्राडेमा सामान्य करेक्सन आउन सक्ने देखिन्छ। 

बजारलाई पिभटमार्फत हेर्दा आज २००३ को दोस्रो प्रतिरोध पनि ब्रेक गरेर माथि गएको छ। अबको तेस्रो प्रतिरोध भनेको २०५६ मा दोखिन्छ। घटेमा भने बजारले २००३, १९७१ तथा पिभट प्वइन्ट १९१८ मा क्रमशः सपोर्ट लिनेछ। यस हिसाबले हाल लगातार ६ दिन बढेको बजार अल्पकालमा सामान्य करेक्सन आउन सक्छ भने दीर्घकालमा बजारले अप ट्रेन्ड समातेको देखिन्छ। 

डाउ थेउरीमार्फत हेर्दा बजारले करिब १८५० मा हायर लो कन्फर्मेसन गरेको देखिन्छ। आज बजारले २०२० को विन्दुमा हायर हाई बनाएको छ। यस हिसाबले बजारले अब आगामी दिनमा समान्य करेक्सन हुँदै अप ट्रेन्ड लिँदै गरेको बुझ्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।