काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ७२ लाख खूद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष भन्दा यो नाफा ६१.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ७५ लाख मात्र नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफा २३ करोडबाट बढेर ३८ करोड ७२ लाखको उचाईमा पुगेको छ । 

यस्तै, ४५ करोड ४८ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ५८ करोड ४० लाख पुगेको छ । 

यो अवधिमा डिप्रोक्स लघुवित्तले ३ अर्ब ३४ करोड निक्षेप संकलन गरी तथा ६ अर्ब ६ करोड सापटी लिएर १० अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप, सापटी र कर्जातर्फ क्रमशः५३.९८, ४३.११ र ४९.५१ प्रतिशतको प्रगति गरेको देखिन्छ। 

कम्पनीले अघिल्लो वर्षको यही अवधिसम्म ४५ करोड ९० लाखमा सीमित रिजर्बको आकार बढाई ६४ करोड २८ लाखको उचाई चुमाएको छ। 

अघिल्लो वर्ष ०.७९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा केही बढेर ०.८८ प्रतिशत भएको छ भने १०.०१ रहेको कस्ट अफ फण्ड घटेर ९.७० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ३३.६७ रुपैयाँबाट बढेर ४९.५२ रुपैयाँको उचाईमा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८३.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९७ गुणा कायम भएको छ ।