काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ। 

औपचारिक वित्तीय सेवाको पहँुच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दाे लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कंम्पनी लिमिटेड) र सिप्रेड तथा लघुवित्त क्षेत्रका दक्ष व्यक्तिहरु समेतको संलग्नतामा नेपाल सरकार कम्पनी रजिष्ट्रार कार्यालयबाट मिति २०५७ पुस २८ मा कम्पनी दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५८ असार १९ मा इजाजत प्राप्त गरी स्थापित यस संस्थाले हाल देशको ७१ जिल्लामा १४९ शाखाहरु मार्फत २ लाख ४३ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ।  

संस्थाको स्थापना दिवश कार्यक्रमलाई पानसमा बत्ती बालेर संस्थाका अध्यक्ष  दीपक खनालले उद्घाटन गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए। 

कार्यक्रममा संस्थाका अध्यक्ष दीपक खनालले २० वर्षभन्दा बढी सेवा गरेका २८ जना कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरेका थिए। त्यसैगरी १५ वर्ष सेवाअवधि भएका १७ जना कर्मचारीलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए।