काठमाण्डौ । डुकाटी स्कल्म्बर आइकन बाइकलाई सन् २०२० मा नयाँ अवतारमा उतारिने भएको छ ।
नयाँ अवतारमा यो बाइकलाई डार्क ट्रिटमेन्ट दिइने भएको छ । यसका साथै यो मोडलको बाइक सबैभन्दा किफायती मानिएको छ ।
यो बाइकलाई इटालीको रिम्नीमा वल्र्ड डुकाटी प्रिमियरमा पेस गरिनेछ। आइकन डार्क र स्कल्मबर आइकन बाइकबीच त्यस्तो खासै भिन्नता नभए पनि कम्पनीले आइकन डार्कलाई नयाँ भेरिएन्ट र अन्य कस्मेटिक अपडेटका साथ प्रस्तुत गर्नेछ ।
कम्पनीले आइकन डार्क डुकाटी स्कल्मबर परिवारकै सबैभन्दा किफायती हुने दाबी पनि गर्दै आइरहेको छ । आइकन डार्क कलरमा समान स्कल्मबर फुल थ्राटल, केफे रेसर तथा डेसर्ट स्लेड दिइनेछ ।
आइकन डार्कमा रियर भ्यु मिरर र एलइडी टर्न इन्डिकेटरलाई स्ट्यान्डर्ड आइकन मोडलले रिप्लेस गरिएको छ । यसमा कम्पनीले पारम्परिक राउन्ड मिरर बल्ब इन्डिकेटर्स सामेल गरेको छ ।
कम्पनीले यो बाइकमा ब्ल्याक आउट मेक्यानिकल्स, कन्ट्रास्टिङ ब्रस मेटल, फिनिस्ड एल्मुनियम ट्यांक पेनल र एउटा स्टबी एडजस्ट उपलब्ध गराउनेछ । यी सबैले बाइकलाई नयाँ अवतारमा उतार्न सहयोग पुर्याउनेछ ।
मेकानिकल रुपमा भने यो बाइकमा कुनै परिवर्तन गरिएको छैन । यसमा सबै कुरा ब्ल्याक रङले फिनिसिङ दिइएको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago