काठमाण्डौ । करिब १६ वर्षअघि ज्याक माले आफ्नो अनलाइन सपिङ साम्राज्यलाई बुस्ट गर्न भुक्तानी सेवा लन्च गर्दा कमैले मात्रै यो सफल हुने अपेक्षा गरेका थिए। तर, अहिले त्यो भुक्तानी सेवा ज्याक माको आन्ट गुप्रको मेरुदण्ड बनेको छ। यसको मूल्य २०० बिलियन डलर छ। 

ज्याक माको आन्ट गुप्रको नामको अर्थ कमिला भन्ने हुन्छ। ज्याक मा सानो वस्तु वा प्राणीलाई सुन्दर र बलियो मान्ने भएकाले उनले आफ्नो व्यावसायिक समूहको नाम आन्ट राखेका हुन्। 

आन्ट गुप्र सबै थोक हो तर चीनमा यो सानो छ। आन्ट गुप्रले हङकङ र सांघाईमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ। 

आन्ट गुप्र विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्ये एक हुनुका साथै चीनको सबैभन्दा ठूलो अनलाइन पेमेन्ट प्लेटफर्म हो। चीनमा यो एपले इन्भेस्टमेन्ट अकाउन्ट र माइक्रो सेभिङ प्रडक्टदेखि बीमा, क्रेडिट स्कोर र डेटिङ प्रोफाइलसम्म प्रत्येक वित्तीय जीवनमा आफ्नो उपस्थित स्थापित गरेको छ। तर यो चीनको हुर्कंदै गरेको शिशु अवस्थामा रहेको अनलाइन सपिङ उद्योगमा पाइला टेक्न एउटा साइड प्रोजेक्टका रुपमा भित्रिएको थियो। 

सन् २००४ ताका धेरै कम मानिसहरुसँग डेबिड कार्ड र क्रेडिट कार्ड थियो। यसका साथ धेरै कम क्रेता र बिक्रेताले अलीबाबाको अनलाइन पेमेन्ट प्लेटफर्म प्रयोग गर्ने गर्दथे। 

ज्याक माले अलीबाबाको वित्त समूहलाई ‘अली पे’ निर्माण गर्ने जिम्मेवारी दिएका थिए। अली पेको सेवा विश्वासिलो तेस्रो पार्टीका रुपमा कार्य गर्ने गर्दथ्यो। यसले खरिदकर्ताको पैसा होल्ड गर्दथ्यो र बिक्रेतालाई तबमात्रै रिलिज गर्दथ्यो जब खरिदकर्ताले आफूले खरिद गरेर पाएको वस्तुबाट खुसी भएको पुष्टि गर्ने गर्दथे। 

ज्याक माले सन् २०१४ मा सीबीएस न्युजमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘मैले जब अली पेको सुरुआत गरेँ तब मलाई सबैले यो आफूहरुले देखेको अहिलेसम्मकै सबैभन्दा मूर्खतापूर्ण मोडल भएको र यो कसैले पनि प्रयोग गर्दैन भन्दथे। मैले प्रतिउत्तरमा यो मोडल वैज्ञानिक र फेन्सी लुकिङ भए पनि वा नभए पनि यसले जति समयसम्म काम गर्छ, त्यसले यसको विश्वास बलियो बनाउँदै लानेछ भन्दथेँ।’

मनी सुपरमार्केट 

धेरैले ज्याक माको यो मोडल सफल हुनेमा विश्वास नगरे पनि आखिरीमा काम गर्यो। आन्ट गुप्रका अनुसार यो वर्षको जुन महिनासम्म अली पेको मासिक सक्रिय प्रयोगकर्ता ७१ करोड १० लाख रहेको र एक वर्षको अवधिमा यसले ११८ ट्रिलियन युआन (१७.२ ट्रिलियन डलर) भुक्तानी ह्यान्डल गरेको थियो। 

सन् २००९ मा लन्च भएको अली पेको मोबाइल एपले यो वर्षको पहिलो तीन महिनामा चीनको ५५ प्रतिशत मोबाइल भुक्तानीको हिस्सा आगटेको थियो। 
यस्तै अली पेका प्रतिद्वन्द्वी टेन्सेन्ट, विच्याट पे र क्यूक्यू वालेटको हिस्सा ४० प्रतिशत रहेको थियो। 

यो एपले करोडौँ मानिसलाई लाखौँ वित्तीय सेवाहरुसमेत प्रदान गरिरहेको छ। अली पेका ग्राहकले ब्राउज गर्दै विभिन्न इन्स्योरेन्स प्रडक्ट छनोट गर्न सक्छन्, बिल तिर्न सक्छन्, ऋण प्राप्त गर्न सक्छन्, कर्मचारीलाई तलब प्रदान गर्न सक्छन् र पुँजीबजारमा लगानी गर्न सक्छन्। 

वित्त क्षेत्रको धेरैजसो क्षेत्र आगटेको र वित्तीय बजारमा गर्न चाहने सबै कुरा गर्न सकिने भएकाले विज्ञहरु यसलाई मनी सुपरमार्केटका रुपमा व्याख्या गर्छन्।   

सन् २०११ मा अली बाबाबाट अलगिँदै अली पे बेग्लै पहिचान भएको कम्पनीका रुपमा उदायो। अनि सन् २०१४ मा आन्ट गुप्रको हिस्सा बन्न पुग्यो। 

सन् २०१४ मा अली बाबाको सबैभन्दा ठूलो आईपीओ ल्याएर रेकर्ड कायम गरेका ज्याक माले आन्ट गुप्रको समग्र नियन्त्रण आफूमा निहीत राखेका छन्। 

वित्तीय प्रविधि परामर्श तथा अनुसन्धान कम्पनी कार्पन एसियाका संस्थापक जेनन् कार्पन भन्छन्, ‘आन्ट गुप्रले यति धेरै वित्तीय सेवा र प्रडक्टहरु उपलब्ध गराएको छ कि चीनभरि नै यो करोडौँ मानिसको दैनिक जीवनको एउटा अभिन्न अंग बन्न पुगेको छ।’ – एजेन्सी