काठमाण्डौ । निकै विवादमा पार्दै आएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को झट्का लागेको छ। 

फोर्ब्सले हालै सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीले पूर्वराष्ट्रपति ट्रम्पलाई झट्का लागेको हो। फोर्ब्सको सार्वजनिक गरेको अमेरिकी धनाढ्यहरुको सूचीमा उनी ४०० स्थानबाट बाहिरिएका छन्। 

फोर्ब्सले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ट्रम्पको सम्पत्ति १९ प्रतिशत अर्थात ६०० मिलियन डलरले घटेको छ। उनको कुल सम्पत्तिमा डबल डिजिटको गिरावट आएको छ। योसँगै उनको कुल सम्पत्ति २.६ बिलियन डलरमा खुम्चिएको छ। 

ट्रम्पविरुद्ध अहिले अमेरिकी अदालतमा मुद्दा चलिरहेको छ। न्युयोक अदालतमा अझै अर्को वर्षसम्मका लागि थुप्रै पेस रहेको छ। जसका कारण उनको सामाजिक प्रतिष्ठा र उनका अफिसियल बिल्डिङहरुको मूल्यांकन घट्दा सम्पत्तिमा गिरावट आएको फोर्ब्सले जनाएको छ। –एजेन्सी