काठमाण्डौ । साउनसम्म निकै न्यून रहेको मूल्यवृद्धि भदौमा भने निकै बढेको छ ।
नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा वार्षिक विन्दूूगत मुद्रास्फिति २.३ प्रतिशत रहेकोमा भदौमा बढेर ३.४ प्रतिशत कायम भएको हो ।
साउन महिनाको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुबानले तरकारीको मूल्यमा उच्च वृद्धि भएको कारण २०७४ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको राष्ट्रबैंकले प्रष्टीकरण दिएको हो।
साउनको तुलनामा भदौ अचाक्ली महंगिए पनि अघिल्लो वर्षको सोही अवधिको भन्दा भने निकै कम हो । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७.९ प्रतिशत रहेको थियो ।
खाद्य मुद्रास्फितिको अवस्था
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ७.७ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.७ प्रतिशत र मसलाको मूल्यमा ४.२ प्रतिशतले कमी आएको कारण समग्र खाद्य मुद्रास्फीति अघिल्लो वर्षको भन्दा न्यून रहन गएको हो । समीक्षा अवधिमा तरकारीको मूल्य ८.९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ८.८ प्रतिशतले वृद्धि भएको छ ।
गैर–खाद्य मुद्रास्फीति
समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ८.१ प्रतिशत रहेको थियो । लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, पहाडमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.५ प्रतिशत, तराईमा ७.४ प्रतिशत, पहाडमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत रहेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19