काठमाण्डौ । के पर्याप्त धन हुनु नै ठूलो कुरो हो । हामीमध्ये केही यस्ता मानिस हुन्छन् जो प्रायः गुनासो गर्छन् कि हामीसँग पर्याप्त धन छैन । जब हामी आफ्नो वरिपरि आर्थिक रुपले सम्पन्न कोही मानिस देख्छौँ तब हामी आफूलाई निकै कमजोर ठान्छौँ । त्यसपछि हामी आफूले आफूलाई धिक्कार्न थाल्छौँ ।

वित्तीय अवस्थाको निर्धारण गलत तरिकाले बुझ्दा पनि मानिसमा यस्ता समस्या धेरै देखिएको छ । यस्तो अवस्थामा हामीले आफ्नो आम्दानी पर्याप्त छ/छैन भन्नेबारे बुझ्न जरुरी हुन्छ । त्यसका लागि तल उल्लेखित तरिकाहरु पढ्नुहोस् –

पहिलो : के तपाइँ नियमितजसो कम समयका लागि कर्जा लिनुहुन्छ? के तपाइँ क्रेडिट कार्डमा निर्धारित रकमलाई लिएर हैरान हुनुहुन्छ तर त्यसबाट बच्न सकिरहनुभएको छैन । के तपाइँ आफ्ना साथीभाइ र आफन्तबाट सापटी लिनुहुन्छ ? यदि यस्तो हो भने तपाइँको आम्दानी खर्चको तुलनामा निकै कम रहेको संकेत दिन्छ ।

दोस्रो : के तपाइँलाई धारा, बित्त, पानी, टेलिफोन आदिको बिल तथा घर, गाडी, मोबाइल आदिको ईएमआई तिर्नका लागि निकै तनाव हुन्छ ? के तपाइँ आफ्नो यी बिल तथा ईएमआई तिर्न अटो–पे सेट गर्न हिच्किचाउनुहुन्छ । के तपाइँलाई थाहा छैन कि तपाइँको बैंक अकाउन्टमा पर्याप्त फन्ड छ कि छैन ? के तपाइँलाई बिमाको प्रिमियम भुक्तान गर्न पनि समस्या भइरहेको छ ? यदि यस्तो हो भने तपाइँको वित्तीय स्थित राम्रो छैन ।

आम्दानी पर्याप्त हुनुको पहिलो संकेत भनेको महिनाको अन्तमा तपाइँको बैंक अकाउन्टमा केही रकम बचात रहेको होस् । यदि तपाइँलाई नियमित भुक्तानीमा समस्या भइरहेको छ भने तपाइँको आम्दानी कम र खर्च धेरै गरिरहनुभएको छ भन्ने बुझ्न जरुरी छ । 

तेस्रो : के तपाइँलाई अरुसँग खर्च बाँडफाँट गर्दा पनि गाह्रो हुन्छ ? साथीभाइसँग कतै सपिङमा, पार्टीमा वा सिनेमा हेर्न जाँदा पनि खर्च सेयर गर्न गाह्रो हुन्छ तर तपाइँ भन्न सक्नुहुन्न । के तपाइँ अत्याधिक खर्चको आशंकामा बाहिर कतै डिनर गर्न पनि डराउनुहुन्छ ? तपाइँ कति कमाउनुहुन्छ र त्यसलाई खर्च गर्ने तरिकामाथि तपाइँ नियन्त्रण गर्न सक्नुहुन्न भने अत्यावश्यक समयमा चाहिने रकमलाई लिएर तपाइँ नै निराश हुनुहुनेछ ।

चौथो : के तपाइँ आर्थिक सहयोग खोज्ने व्यक्तिलाई पनि मद्दत गर्न सकिरहनुभएको छैन ? के तपाइँ कुनै सामान किन्दा वा कुनै सुविधा लिँदा पनि पैसाका लागि ती पसले वा सेवाप्रदायकसँग झगडा गर्नुहुन्छ? यदि तपाइँ आफूसँग रहेको रकमलाई लिएर असुरक्षित र खर्चको भर्पा गर्ने क्षमतामाथि नै आशंका गर्नुहुन्छ भने तपाइँ उदारताका साथ खर्च गर्न सक्नुहुन्न ।

पाँचौँ : के तपाइँ प्रायः खर्चलाई सन्तुलन बनाउने कोसिस गर्नुहुन्छ ? के तपाइँ सुन वा लगानी कुनै फन्ड किन्नका लागि धितो राख्नुहुन्छ ? के तपाइँ आफ्नो सञ्चय कोष वा अन्य कुनै दीर्घकालीन खर्चका लागि प्रायः कर्जा लिने विचार गर्नुहुन्छ ? यसले तपाइँको वित्तीय अवस्था प्रस्ट पार्छ कि तपाइँको खर्च तपाइँको बचत र लगानीभन्दा बढी छ ।

छैटौँ : के तपाइँ छिटै धनी बन्ने स्किममा आकर्षित हुनुहुन्छ ? प्रायः निम्नआय भएका मानिस कुनै चिठ्ठा आदि खरिदमा बढी जो दिन्छन् । तर अरुलाई यो बेकार लाग्छ । किनकि धनी अन्न मध्यम र उच्च आय भएका मानिस अरु नै विकल्प रोज्छन् । यदि तपाइँ कुनै तालिम वा योजना विना नै यस्ता चिठ्ठा योजनाहरुमा लगानी गर्न हुन्छ भने यो दाबीका साथ भन्न सकिन्छ कि तपाइँको आर्थिक अवस्था राम्रो छैन ।

कुनै मानिस कति आम्दानी गर्न र कति खर्च गर्छ भन्नेबारे कुनै नियम छैन । तपाइँ आर्थिक अवस्था त्यतिखेर मजबुत हुन्छ जब तपाइँलाई कुनै पनि काम गर्न कर्जा लिनुपर्दैन । तपाइँलाई आफ्ना मसलन्द बिल, ईएमआई आदि तिर्न पनि समस्या हुँदैन । साथीभाइ र आफन्तसित हुँदा खर्च गर्नुपर्ने बेलामा पनि तपाइँलाई कुनै गाह्रो हुँदैन । तपाइँसँग आपतमा आवश्यक पर्ने एउटा फन्ड पनि चाहिन्छ । यदि तपाइँ नियमित रुपमा बचत वा लामो समयलाई ध्यानमा राखेर लगानी गर्नुहुन्छ भने तपाइँको वित्तीय अवस्था राम्रो मानिन्छ ।

पर्याप्त आम्दानी त्यसको प्रयोग कहाँ र कसरी भइरहेको छ भन्नेमा पनि निर्भर हुन्छ । त्यसैले तपाइँले आफ्नो ज्ञान र सीपका आधारमा लगानी सुनिश्चित गर्नुहोस्, जसबाट तपाइँलाई राम्रो आम्दानी प्राप्त होस् । –एजेन्सी