काठमाण्डौ । आजको डिजिटल युगमा सबै कुरा अनलाइन भएको छ। पहिले पैसा निकाल्न बैंकमा घन्टौँ लाइनमा उभिनुपर्ने बाध्यता थियो। अहिले इन्टरनेट बैंकिङ र एटीएम वा डेबिट कार्डको सहयोगले जुनसुकै बेला पैसाको आवश्यकता पूरा गर्न सकिनेछ।
डेबिट र एटीएम कार्ड निश्चित रुपमा समान देखिन्छन्। तर, तिनीहरुबीच ठूलो भिन्नता छ। जुन सबैलाई थाहा नहुन सक्छ।
यस्ता छन् भिन्नता
कार्ड आधारित कारोबार सुविधा प्रदान गर्दै बैंक
अनलाइन बैंकिङको युगमा खाता खोलेर साना–ठूला सबै प्रकारका अनलाइन कारोबार गर्न सकिने सुविधा छ। सबै बैंक वा अन्य वित्तीय संस्थाले कार्डमा आधारित कारोबारलाई महत्व दिइरहेका छन्। ग्राहकको खाता खोल्नेबित्तिकै उसलाई एटीएम वा डेबिट कार्ड दिइन्छ। ता कि ग्राहकले आफ्नो आर्थिक आवश्यकता पूरा गर्न बैंक आउन नपरोस् र नजिकको एटीएममा गएर पैसा झिक्न सकियोस्। लगभग सबैसँग यी कार्ड भए पनि धेरै मानिसहरु अझै पनि एटीएम र डेबिट कार्डबीचको भिन्नताबारे ज्ञान नहुन सक्छ।
एटीएम कार्ड प्रयोग सीमित
यदि बैंकले तपाइँलाई एटीएम कार्ड दिएको छ भने त्यो यो कार्ड बैंक शाखाको अटोमेटिक टेलर मेसिन (एटीएम मेसिन) मा मात्र प्रयोग गर्न सकिन्छ। यदि तपाइँ एटीएम मेसिन नभएको ठाउँमा हुनुहुन्छ भने यो कार्ड तपाइँको लागि कुनै कामको छैन। किनकि यो कार्डमार्फत तपाइँले स्वाप मेसिनमार्फत न पैसा तिर्न सक्नुहुन्छ न ता नगद झिक्न सक्नुहुन्छ।
यद्यपि एटीएम कार्ड तपाइँको हालको खाता वा बचत खातासँग जोडिएको छ। तर, यसमा बैंकले आफ्ना ग्राहकलाई कुनै किसिमको कर्जा दिँदैन। यसबाहेक अनलाइन सपिङ वा पसल वा शोरुममा पैसा तिर्नुपरे पनि स्वाप मेसिनमा प्रयोग गर्न पाइँदैन।
डेबिट कार्डका धेरै छन् फाइदा
डेबिट कार्ड पनि एटीएम कार्ड जस्तै हुन्छ तर यसको फाइदा अनगिन्ती छ। आज मानिसहरु खानादेखि कपडा वा घरको राशनदेखि अन्य कुनै पनि चिजहरु किन्न अनलाइन सपिङलाई प्राथमिकता दिन्छन्। यस्तो अवस्थामा डेबिट कार्डले तपाइँको हरेक आवश्यकता पूरा गर्छ। एटीएम कार्डजस्तै तपाइँले डेबिट कार्डमार्फत एटीएम मेसिनबाट पैसा निकाल्न सक्नुहुन्छ। मेसिन नभएको ठाउँमा अन्य अनलाइन भुक्तानी विकल्पहरु पनि प्रयोग गर्न सकिन्छ। सजिलै स्वाप मेसिन वा इन्टरनेट बैंकिङ र वालेटमार्फत भुक्तानी गर्न सकिन्छ।
डेबिट कार्डले सर्वसाधारणका लागि बैंकिङ सेवा निकै सहज बनाएको छ। अनलाइन कारोबार होस् वा बिल भुक्तानी यो कार्ड सबैमा प्रयोग गर्न सकिन्छ। बैंकले ग्राहकलाई दिएको डेबिट कार्डमा मास्टरकार्ड, रुपे वा भिसाको लोगो हुन्छ। यी वास्तवमा भुक्तानी गेटवे कम्पनीहरुको लोगोहरु हुन्, जसले तपाइँको भुक्तानीलाई छिटो र झन्झटमुक्त बनाउँदछ।
डेबिट कार्डका फाइदाहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19