काठमाण्डौ । होण्डा कम्पनीका करिब एकदर्जन कारका मोडलमा सुरक्षा सम्बन्धी संवदेनशील विषय बाहिरिएको छ । छानबिनको क्रममा कुदाउन असुरक्षित प्रमाणित भएपछि कम्पनीले करिब १० लाख कार फिर्ता गर्ने भएको छ । 

कम्पनीले अमेरिका र क्यानडाका कार मात्र फिर्ता हुने  जनाएको छ । यसको सोझो अर्थ हो, होण्डा कम्पनीले अन्य देशमा बिक्रीवितरण गरेको ती १० मोडल असुरक्षित रुपमै निर्वाध चल्नेछन् ।

खासमा होण्डाबाट उत्पादित ती कारहरुको चालकतर्फको सिटमा राखिने एयरब्यागमा खराबी पाइएको छ । यो कुरा पत्ता लागेपछि कम्पनीले अमेरिका र क्यानडामा बिक्री भइसकेका १० लाख कार फिर्ता लिने निर्णय गरेको समाचारमा जनाइएको छ । 

एयरब्याग खराबीका कारण २३ व्यक्तिको मृत्यु भएको क्यानडाको ट्रान्सपोर्टेसन सेफ्टी एजेन्सीले खुलासा गरेपछि कम्पनी यस्तो निर्णय लिन बाध्य भएको बताइन्छ । एजेन्सीले एयरब्याग खराबीका कारण क्यानडामा होण्डा कार चढ्ने करिब १०० मानिस सख्त घाइते समेत भएका समेत बताएको छ ।

क्यानडाका सेफ्टी रेगुलेटरका अनुसार सन् २००१ देखि २०१० सम्म बिक्री भएका कारहरुमा यस्तो खालको गडबडी देखिएको छ । 

क्यानडामा मात्र खराब एयरब्याग भएको होण्डाका ८४ हजार सवारी साधन रहेका छन् । यस्तै, अमेरिकामा यो आँकडा क्यानडाको भन्दा १० गुणा बढी रहेको समाचारमा जनाइएको छ । 

होण्डाको जुन जुन कारको मोडलमा खराबी आएको छ, त्यसको सूचि समेत जारी गरिएको छ । यसमा कारको मोडल र बिक्री भएको वर्ष समेत दिइएको छ । 

कुन कुन कार असुरक्षित देखिए ? हेर्नुहोस् कम्पनीबाट जारी सूचि: