काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य रकम(तरलता) चरम अभाव भई अस्वस्थ प्रतिस्पर्धा र ब्याज बढाउने होड चलेपछि नेपाल राष्ट्रबैंकले संकट समाधानका लागि ५ अर्ब रुपैयाँ बित्तीय बजारमा पठाउने पहिलो प्रयास अगाडि बढाएको छ ।
राष्ट्रबैंकले पुस १६ गते आइतबार ५ अर्ब रुपैयाँ बराबरको तरलता बजारमा पठाउने उद्देश्यले बैंक तथा बित्तीय संस्थाहरुसँगको विकास ऋणपत्र सोझै खरीदको सूचना निकालेको हो ।
तरलता अभावको समस्या चरम बनेर बैंकहरुले मनपरी ब्याजदर बढाउँदा समेत नियामक मौन बसेको आलोचना खेप्दै आएको केन्द्रीय बैंकले पहिलो प्रयासका रुपमा बैंकहरुसँग भएको विकास ऋणपत्र खरीद गरी तरलता बजारमा सिञ्चित गर्न लागेको हो । राष्ट्रबैंकको यो प्रयाससँगै यसअघि उसले भन्दै आएको तरलता अभावको समस्या छैन भन्ने तर्क गलत रहेको पुष्टि भएको छ भने उसले औपचारिक रुपमै केही बैंकहरुमा तरलताको चरम अभाव भएको तथ्य पहिलोपटक स्वीकार गरेको छ ।
केन्द्रीय बैंकले आइतबार दिउँसो २ बजेसम्म विकास ऋणपत्रको सोझै बोलकबोल गरिने उल्लेख गर्दै तरलता आवश्यक रहेका बैंकहरुलाई सूचना जारी गरेको हो । यसको अर्थ बैंकहरुले आफूसँग भएको विकास ऋणपत्र बिक्री गरी आवश्यक रकम लैजान सक्नेछन् ।
राष्ट्रबैंकका एक अधिकारीले विकास ऋणपत्र खरीदसँगै बैंकहरुमा ५ अर्ब तरलता प्रवाह हुने र यसले तत्कालको असहज अवस्थाको निराकरण गर्ने दाबी गरे ।
ब्याजदर भने पछि निर्धारण गरिने केन्द्रीय बैंकको भनाई छ ।
गत वर्ष समेत केन्द्र्रीय बैंकले करिब ९ अर्ब रुपैयाँको विकास ऋणपत्र सोझै खरीद गरी बजारको तरलता समस्या समाधानका लागि सहजीकरण गरेको थियो ।
उसले विकास ऋणपत्र सोझै खरीदका लागि प्रकाशित गरेको बोलकबोलको सूचना यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago