काठमाण्डौ । अर्थतन्त्र चलायमान भएसँगै पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता निरन्तर दवाब पर्न थालेको छ ।
गत पुस मध्यसम्म २ खर्ब अधिक तरलता रहेको प्रणालीबाट पुनरकर्जामा ८३ अर्ब रुपैयाँ जाँदा तरलता ७८ अर्बमा सीमित बन्न पुगेको छ। कोभिड महामारीअघि प्रणालीमा ३ खर्बको तरलता थियो।
पछिल्लो समय बैंकहरु लगानी विस्तारमा आक्रामक हुँदा तरलतामा निरन्तर दवाब सिर्जना भएको छ।
त्यस्तै आयातले गर्दा पैसा बाहिरिन थालेपछि पनि तरलतामा प्रेसर परिरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। ‘पछिल्लो ७ महिनामा उपभोग्य सामानदखि निर्माण सामाग्री अनि औद्योगिक कच्चा पदार्थको आयात बढेको छ’, उनले भने, ‘आर्थिक गतिविधि बढेका छन्।’
आयात बढ्दै जानु र बैंकहरुबाट तीव्र गतिमा कर्जा लगानी बढ्नुले तरलतामा निरन्तर दवाब सिर्जना भइरहेको भट्ट बताउँछन् ।
तरलतामा दवाब पर्न थालेपछि ब्याजदर बढ्ने सम्भावना पनि प्रबल बन्न थालेको छ । अहिले औसत ९ प्रतिशत रहेको कर्जाको ब्याजदर चैत–वैशाखसम्म औसत १२ प्रतिशतको हाराहारीमा पुग्नसक्ने जानकारहरु बताउँछन्।
प्रवक्ता भट्टले भने अहिले तत्काल ब्याजदर बढ्ने सम्भावना नरहेको जिकिर गरे । ‘तर तरलतामा दवाब सिर्जना भएकोले भविष्यमा ब्याजदर नबढ्ला भन्न पनि सकिन्न’, उनले भने।
गत फागुन १० गतेसम्म वाणिज्य बैंकहरुबाट कुल ३३ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। कुल निक्षेप भने ३७ खर्ब ८९ अर्ब पुगेको छ।
नेपाल बैंकर्स संघ (एनबीए) को पछिल्लो तथ्यांकअनुसार फागुन ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ थियो। यो हिसाबले ३ दिनमै बैंकको कर्जा लगानी १० अर्ब रुपैयाँले बढिसकेको छ।
त्यस्तै एनबीएका अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ७ गतेसम्म ३७ अर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो। पछिल्लो ३ दिनमा निक्षेप संकलन भने १० अर्बले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago