काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा अवस्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । 

प्राकृतिक उपचारकेन्द्र तातोपानीमा आउने विरामी, स्थानीय तथा अन्तराष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने समितिले जनाएको छ । 

यस किसिमको सहयोगबाट देशतथाविदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हाल यो बैंकले फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव चारलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।