काठमाण्डौ । धितोपत्र बोर्डले तिनाउ विकास बैंकलाई ३५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

स्वीकृतिसँगै अब यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ११ लाख ९४ हजार ७ सय ९६ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

सिद्धार्थ क्यापिटल लिमीटेड तिनाउको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । 

यो विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयरको अफर दिएको थियो । बोनस सेयरपछि बैंकको चुक्तापूँजी ३४ करोड १२ लाख हुने र त्यसपछि जारी हुने ३५ प्रतिशत हकप्रदपछि चुक्तापूँजी ४६ करोड ६ लाखको उचाईमा पुुग्ने बताइएको छ ।