काठमाण्डौ । नेप्सेको दैनिक चार्टलाई गएको साता र यो साताको पहिलो कारोबारलाई मिलाएर हेर्दा ‘बुलिस पिनबार’ बन्दै गरेको देखिन्छ। 

लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृति बन्छ भने त्यसलाई बुलिस पिनबार भनिन्छ। यस्तो पुच्छरको लम्बाइ ह्याम्मरको बडीको तुलनामा कम्तीमा दुईगुणा हुनुपर्छ। (हेनुहोस् मुख्य तस्बिरमा चार कोठाभित्र) 

यसको ठीक विपरीत यदि बढ्दो बजारमा हरियो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर र त्यसपछि रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई बियरिस पिनबार भनिन्छ। 

लामो समय घटेको बजारमा तिहारअघिको तीन कारोबारमा बुलिस पिनबारको आकृति बनेको छ। यसको भ्यालडिटीका लागि भने आगामी कारोबार अब बन्ने क्यान्डलको लम्बाइ राम्रो भोलुुमसहित १८८० सम्म हुनुपर्नेछ। यस्तो अवस्थामा भने बजारले अप ट्रेन्डको यात्रा तय गर्दै गरेको बुझिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)