काठमाण्डौ । नेपाल राष्ट्रबैंकले होटल व्यवसायीको आग्रह अनुसार निश्चित डलरसम्मको सटही सुविधा आफैंले दिन पाउने गरी मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।
यो निर्देशनपछि अब होटलहरुले आफ्ना ग्राहकहरुलाई आवश्यक परेको खण्डमा प्रति ग्राहक अधिकतम ३ सय डलर बराबरको सटही सुविधा दिनसक्नेछन् ।
यसअघि होटलका ग्राहकहरुले सटही सुविधाका लागि सटही काउण्टर धाउनुपर्ने बाध्यता थियो । यो व्यवस्थापछि होटलका ग्राहकहरुलाई होटलहरुले नै ३ सय डलर बराबरको सटही सुविधा दिन पाउनेछन् ।
सटही गरिएको रकमको विवरण मासिक विवरण अनिवार्य रुपमा नेपाल राष्टबैंकको मुद्रा व्यवस्थापन विभागमा पठाउनुपर्ने निर्देशनमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago