काठमाण्डौ । तीन बैंकको वार्षिक साधारणसभा आज (मंसिर २९ गते) हुँदैछ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बैंक अफ काठमाण्डू र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज वार्षिक साधारणसभा डोकेका हुन्।
निफ्राको तेस्रो वार्षिक साधारणसभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा बिहान ९ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेका छन्।
सभाले बोनस सेयर जारीपछि कम्पनीको जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभामा छलफल गरी पारित हुनेछन्।
यसैगरी बैंक अफ काठमाण्डूको २७ औँ वार्षिक साधारणसभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १४ प्रतिशतल लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित महाराजा रिसोर्टमा बिहान ११ बजेबाट डाकेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश (कर प्रयोनार्थ) रहेका छन्।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालित समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सोही सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19