Hulyan Maya
काठमाण्डौ । अभिभावक आफ्नो बच्चाको करिअर बनाउन लाखौं रुपैयाँ खर्च गर्न तयार हुन्छन् । उनीहरुको एउटै उद्देश्य हुन्छ आफ्नो बच्चा ठूलो भएपछि ज्ञानी, सफल होस् र धेरै धनसम्पत्ति र इज्जत कमाओस् । तर हामी तपाईंलाई यस्तो बच्चाको बिषयमा बताउन गइरहेका छौ, जसले केही वर्षको अन्तरालमा आफ्ना अभिभावकलाई करोडपति बनाइदिए । अचम्म यो छ कि यी तीन बच्चाको उमेर क्रमशः ५ महिना, ३ वर्ष र ५ वर्ष रहेको छ । आउनुहोस्, जानौ यिनीहरुले यति सानो उमेरमै के कारणले यति धेरै रकम कमाए होलान् ?
चिनियाँ नागरिक मार्क र पत्नी रेहा एक जब कन्सल्टेन्सीमा काम गर्छन् । उनीहरुका तीन बच्चा छन् । एकदिन मार्क आफ्नी ३ वर्षकी छोरी मायाको साथमा घरमै खेलौनाको साथमा खेलिरहेका थिए । मार्कले खेलौनामा निकै मज्जाले खेलिरहेकी आफ्नी बच्चीको भिडियो बनाएर यूट्यूबमा हालिदिए । मायाको यो भिडियो यूट्यूबमा एकाएक हिट भइदियो । यहीबाट मार्कको मनमा आइडियो फूर्यो र यही कामलाई व्यवसायिक रुपमा सुरु गर्ने योजनाका साथ उनले कामको सुरुवात गरे ।
आफ्नो बच्चीको भिडियो धेरै नै हिट भएको देखेपछि मार्क र पत्नी रेहा दुवैले जागिर छाड्ने फैसला गरे र यही कामलाई फूलटाइम सुरु गरे । मार्क र रेहाका तीन बच्चा छन् । एक ३ वर्षकी बच्ची, अर्का ५ वर्षका बच्चा र अर्का चाहि मात्र ५ महिनाका नाबालक । रेहाले समेत आफ्ना पतिलाई तीनवटै बच्चाको अलग अलग भिडियो बनाउन सल्लाह दिइन् । रेहाको यो प्रयोग पनि निकै सफल भयो । यी बच्चाको भिडियोले यूट्यूबमा तहल्का नै मच्चाइदियो ।
मार्ककी ३ वर्षकी बच्ची मायाले खेलौनासँग खेलिरहेको भिडियो यूट्यूबमा निकै नै हिट भइसकेको छ । अहिले समेत यो भिडियोलाई हरेक दिन विश्वभरिका करिब ३० लाख मानिसले हेर्ने गर्छन् । मार्कलाई यो बापत यूट्यूबबाट करोडौं रुपैयाँको कमाई हुन्छ । तीन बर्षकी बच्ची मायाको भिडियो यूट्यूबमा ‘हुलयान माया’को नामले हिट छ । मायाको सबैभन्दा चर्चित भिडियो सन् २०१३ मा आएको थियो । जुन भिडियो करिब डेढ करोड मानिसले हेरेका थिए ।
यूट्यूबमा माया मात्र होइन, उनका ५ वर्षका दाजुको भिडियो पनि निकै चर्चित बनेको छ । यो भिडियोमा चाहि मायाका दाई डायनोसरको खेलौनासँग खेलिरहेको देख्न सकिन्छ । यो भिडियोलाई पनि हालसम्म करिब १० लाखले हेरिसकेका छन् ।
दुवै भाईबहिनीको भिडियो हिट हुँदा आमाबुबालाई यूट्यूबको तर्फबाट हालसम्म १० करोड रुपैयाँ रकम प्राप्त भइसकेको छ । मायाको पितालाई आशा छ कि यो वर्ष यो कामबाट उनले करिब १३ करोड रुपैयाँ कमाई गर्नेछन् । अमेरिकाको चर्चित भिडियो च्यानल ट्यूब फिल्टरका अनुसार तीन वर्षकी यी बच्चीको भिडियो अमेरिकामा धेरै हेरिएको भिडियोको ४२ औं सूचिमा छ । धेरै अभिभावकको यो भनाई छ कि यी भिडियो हेरेर उनीहरुका बच्चा खुशी हुन्छन् ।
बिजशाला / एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago