– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने १ दिन बढेको छ। गत साता दसैँ पर्वले कुनै कारोबार भएन भने अघिल्लो साता बजार सामान्य बढेको थियो। अघिल्लो साता १९०३.८४ मा बन्द भएको बजार यो साता १८४७.७ मा बजार बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ५६.१४ अंकको गिरावट आएको छ। 

यो साता दोस्रो बजारमा ३ अर्ब ७८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ४ अर्ब १० करोड रुपैयाँबराबरको भएको थियो। यस हिसाबले यो साता बजार सूचक र कारोबार दुवैमा गिरावट आएको छ। यो साता बजार पुँजीकरण २८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा यो साता पनि बजार बियरिस नै रहेको छ। तीन सातापहिले ट्रेन्ड लाइनबाट तल झरेको बजारमा यो साता पनि कुनै सुधार हुन सकेन। यो साता पनि बजार अघिल्लो साताकै न्यून विन्दु १८५० आसपास नै चलेको देखिन्छ। 

बजार यसअघिको मेजर सपोर्ट १८२० देखि १८५० मा नै लामा समय चलेको छ। यद्यपि बजार यो विन्दुमा सपोर्ट लिएर माथिको यात्रा तय गर्न सक्ने सम्भावाना पनि रहन्छ। यदि बजार मेजर सपोर्ट १८०० भन्दा तल गएमा भने केही प्यानिक सेल पनि आउन सक्छ। यो सम्भावाना भने बजारमा कम नै छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर ब्यान्ड, म्याक्डी, आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा बजारलाई नियाल्दा यो सातासम्म लगातार तीन साता तल्लो विन्दुमा चलेको छ। बजार लोवर ब्यान्डबाट तल झर्न पनि सकेको छैन र माथि लाग्ने कुनै संकेत पनि अहिले नै देखिँदैन । तर, यो साता बजारमा बियरिस मारुबुजु क्यान्डल बनेका कारण बिक्री दबाब प्रस्ट देखिन्छ। 

साप्ताहिक रुपमा आरएसआई पनि ओभर सोल्ड जोन नजिक अर्थात् ४० भन्दा तल चलेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा बजार करिब २ महिनापहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै हुँदै गएका छन्। 

बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा अपर ब्यान्ड र लोवर ब्यान्ड समानान्तर हिसाबले चलेको देखिन्छ। अघिल्लो बियारिस बजारमा यस्तो अवस्था लामो समय चलेका कारण अहिलेको अवस्थामा पनि मूल्यरेखाले मध्य ब्यान्ड अर्थात् बजार २०२१ भन्दा तल रहुुन्जेल बियरिस नै रहेको मान्न सकिन्छ। 

पिभटका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –२०००
  • प्रतिरोध २ –१९५८
  • प्रतिरोध १– १९३०

पिभट प्वइन्टः १८८८

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८६१
  • सपोर्ट २– १८१९
  • प्रतिरोध ३ –१७९२

निष्कर्ष

यो साता सेयर बजार ५६.१४ अंकले गिरावट आएको छ। यो साता सेयर बजारमा नेप्से सूचकमा गिरावट आउँदा कारोबार भने घट्यो। यस हिसाबले साप्ताहिक रुपमा बजारमा सूचक घट्दा कारोबार पनि घटेको छ। तर, अघिल्लो साताको तुलनामा यो साता कारोबार निकै ड्राई अप भएको छ। यो भनेको बजारमा लगानीकर्ताले घटेर सेयर कारोबार गर्न नचाहेको भन्ने हो। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा लगतार तीन सातादेखि तल्लो ब्यान्डमा चलेको छ। तर, ब्यान्डलाई ब्रेक डाउन पनि गर्न सकेको छैन। पिभटमार्फत नियाल्दा पिभट प्वइन्ट १८८८ भन्दा तल कारोबार भएको छ। यो विन्दुभन्दा तल–तल कारोबार रहुन्जेल बजारमा बिक्री दबाब नै रहेको भन्ने हुन्छ। 

यो साता १८४७ मा बन्द भएको बजारले यदि आगामी साता त्यहाँबाट पनि तल जान्छ भने १८१९ मा दोस्रो सपोर्ट र तेस्रो सपोर्ट १७९२ मा लिन सक्छ। बजारले १८६१ को पहिलो सपोर्ट ब्रेक गरिसकेको छ। 

पाँच दिनको सेयर कारोबारमा भोलुम ड्राई-अप अप बनेको छ। यसले बजारमा कुनै पनि बेला यूटर्न लिन सक्ने पनि हुन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका सिफारिस भने होइन।