srijana finance
काठमाण्डौ । सिर्जना फाइनान्स लिमीटेडको वार्षिक साधारणसभाले निकट भविष्यमै आफूलाई राष्ट्रिय स्तरको फाइनान्समा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
फाइनान्सको शनिवार सम्पन्न १८ औं वार्षिक साधारणसभाले हाल ३ जिल्लामा सीमित फानान्स कम्पनीलाई यो वर्षभित्र नेपाल राष्ट्रबैंकबाट स्वीकृति लिई पाँच जिल्लामा विस्तार गर्ने र २०७६ असोजभित्र राष्टिय स्तरको बनाउने प्रस्ताव ध्वनिमतले पारित गरेको हो । यो वर्षभित्रै झापा र इलाममा कम्पनीले सेवा बिस्तार गर्नेछ ।
यो फाइनन्स कम्पनीले त्यसका लागि २०७६ असारभित्र ६० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने र चालु वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरी राष्टिय स्तरका लागि आवश्यक चुक्तापूँजी जुटाउने निर्णय समेत गरेको छ ।
यो कम्पनीको अठारौंं बार्षिक सधारण सभा विराटनगरस्थित मोरंग व्यापार संघको सभाहलमा सम्पन्न भएको हो ।
सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा शुरु भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत भबानी शंकर चापागाईले शेयर सदस्यहरुलाई स्वागत गर्दै सिर्जनाको बिगत र भाबी योजनाहरुका बारे बताएका थिए ।
सभाले २०७५ असारमसान्तको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र नौ दशमलब पाँच प्रतिशत नगद लाभाँश बितरण गर्ने प्रस्ताब सर्वसम्मतिले पारीत गरेको छ ।
सभाले सात सदस्यीय सञ्चालक समितिको संख्या घटाएर पाँच सदस्यीय बनाएको छ भने आगामी चारवर्षे कार्यकालका लागि सञ्चालक समितिमा संस्थापकबाट सुयश प्याकुरेल, सुवास आचार्य र सर्वसाधारणबाट मुकेश राठी, राजीबकुमार मिश्रलाई चयन गरेको छ । स्वतन्त्र सञ्चालकमा डा. प्रमोदकुमार झालाई यसअघि नै सञ्चालक समितिले नियुक्त गरिसकेको छ।
यो कम्पनीको हाल ४६ करोड ७ लाख सेयर पूँजी छ भने १ लाख २५ हजार ग्राहकलाई सेवा दिइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago