काठमाण्डौ । प्राविधिक रुपमा केही इन्डिकेटरहरुले तिहार तथा छठ पर्वपछि खुलेको सेयर बजारले माथिको यात्रा तय गर्दै गरेको देखाएका छन्। 

नेप्सेको दैनिक चार्टमा मूल्यरेखा ३ महिनापछि बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। (हेर्नुहोस् कालो एरो) 

यस्तै यसअघि बजारले गत १३ जुलाईमा मात्रै मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको थियो (हेर्नुहोस् हरियो एरो)। योसँगै ब्यान्डको अप्पर ब्यान्ड र लोवर ब्यान्डबीचको दूरी पनि साँघुरिँदै गएको छ। यसले बजारले ट्रेन्ड परिवर्तन गर्न खोजेको देखिन्छ।  

म्याक्डीमा भने यसअघि नै गत १० अक्टोबरमा खरिद सिग्नल बनेको थियो। हिस्टोग्रामहरु पोजिटिभ र सकारात्मक नै छन्। आरएसआई ओभर सोल्ड जोनमा ‘डब्ल्यू’ आकार बनाएर हाल ४६ को तहमा रहेको छ। तर, यसअघिको उच्च विन्दु ४८ को तहलाई ब्रेक गर्न सकेको अवस्था भने छैन। 

बजारको नजिकको प्रतिरोध पिभट प्वइन्ट १८८५ मा देखिन्छ। आगामी कारोबारमा बजारले यो विन्दुलाई ब्रेक गरेर माथि गएमा १९१० आसपासमा अर्को प्रतिरोध सामना गर्न सक्छ। यदि यो विन्दुबाट पनि माथि गएमा बजारले नयाँ हायर हाई बनाउँछ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।