काठमाण्डौ । युक्रेन युद्धका कारण रुसको पश्चिमा देशसँगको सम्बन्ध बिग्रिए पनि भारतलगायत केही देशसँगको सम्बन्ध थप मजबुत बनेको छ।
रुसबाट तेल आयात गर्नेमा भारत अहिले तेस्रो नम्बरमा आएको छ। पहिलो स्थानमा चीन र दोस्रोमा अमेरिका छ।
युद्ध सुरु भएदेखि नै भारतले रुसबाट सस्तो तेल पाउँदै आएको छ। सबैभन्दा चाखलाग्दो कुरा यो हो कि भारतले यसका लागि डलरमा नभई दिरहममा भुक्तानी गरिरहेको छ। यो कुरा अमेरिका र युरोपेली देशहरुका लागि टाउको दुःखाइको विषय बन्न सक्छ। भारतले रुसबाट कच्चा तेल किनिरहेको अमेरिकाका लागि यो कुरा सधैँ समस्याको कारण बनेको छ। तर, स्रोतका अनुसार भारतीय रिफाइनरीहरुले रुससँग दिरहममा तेलको व्यापार गरिरहेका छन्।
भारत र रुसबीचको तेल व्यापार मार्चमा प्रतिदिन १६ लाख ४४ हजार ब्यारेलको नयाँ उचाइमा पुगेको छ। तर यसमा केही स्थिरता देखिएको छ। यो नयाँ तथ्यांकसँगै रुसले भारतको परम्पररिक तेल आपूर्तिकर्ता इराकलाई विस्थापित गरेको छ। अहिले इराक होइन रुस भारतलाई तेल आपूर्तिको मामिलामा पहिलो नम्बरमा छ।
ऊर्जा आपूर्ति अनुगमन एजेन्सी भोर्टेक्साका अनुसार रुस अब कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनिरहेको छ। लगातार छैटौँ महिनामा भारतले आफ्नो तेलको एक तिहाइभन्दा बढी रुसबाट किनेको छ।
फेब्रुअरी २०२२ मा रुस–युक्रेन युद्ध सुरु हुनुअघि भारतको आयातमा रुसको हिस्सा १ प्रतिशतभन्दा कम थियो। जब कि मार्च २०२२ सम्म यो बढेर १.६४ मिलियन ब्यारेल प्रतिदिन अर्थात् ३४ प्रतिशत पुगेको छ। केही युरोपेली देश रुसबाट आउने तेलको मूल्य निर्धारण गर्न चाहन्छन्। तर, यस विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन। जब कि भारतले सबैभन्दा बढी तेल खरिद गर्ने दोस्रो देश साउदी अरेबिया थियो।
फेब्रुअरीमा आएको एक रिपोर्टअनुसार युरोपेली संघले लगाएको प्रतिबन्धपछि भारत रुसका लागि अझ महत्वपूर्ण उपभोक्ता बनेको छ। भारतले यो तेल प्रतिब्यारेल ६० अमेरिकी डलरभन्दा कम मूल्यमा पाउँदै आएको छ। जब कि यसको भुक्तानी यूएईको मुद्रा दिहरम भइरहेको छ। यसले अमेरिकी राष्ट्रपति जो बाइडेनको चिन्ता बढाउन सक्छ।
भारतीय रिफाइनरीहरु र रुसी डिलरहरुबीच दिहरममा आदान–प्रदानमा प्रतिबन्ध असम्भव छ। त्यहाँ केही बैंकहरु छन्, जसले विदेशमा बाँकी वित्तीय सम्बन्धहरुबाट बच्न सीमाना पार गर्छन्। उनीहरुले अमेरिका र युरोपेली संघको नियम उल्लंघन गरेको आरोप नलाग्ने गरी कारोबार गर्छन्।
इराकसँग तुलना गर्ने हो भने यो निकै कम हो। भारतले इराकको तुलनामा रुसबाट दोब्बर तेल खरिद गरेको छ। २०१७–१८ सम्म इराक भारतका लागि शीर्ष तेल आपूर्तिकर्ता थियो र यसले भारतलाई प्रतिदिन ०.८२ मिलियन ब्यारेल तेल आपूर्ति गर्दै थियो। भारतबाहेक चीन र अमेरिकाले रुसबाट सस्तो तेल खरिद गरेका छन्। रुस बाट भारतको पेट्रोलियम आयात फेब्रुअरीमा १.६२ मिलियन ब्यारेलको तुलनामा केही बढेको छ।
भोर्टेक्साका अनुसार साउदी अरेबिया यस मामिलामा दोस्रो नम्बरमा छ। मार्चमा भारतलाई ९ लाख ८६ हजार २८८ मिलियन ब्यारेल तेल बेचेको थियो। जब कि इराक ८ लाख २१ हजार ९५१ बीपीडीको बिक्रीसँग तेस्रो ठूलो तेल आपूर्तिकर्ता रह्यो। ३ लाख १३ हजार २ बीपीडीका साथ यूएई अमेरिकालाई उछिनेर चौथो ठूलो आपूर्तिकर्ता बनेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19