काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेक प्लसले तेल उत्पादन कटौतीको निर्णयलाई यो वर्षको अन्त्यसम्मलाई निरन्तरता दिने भएका छन्।

ओपेक प्लसको बुधबार बसेको बैठकले यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि तेल उत्पादन कटौतीको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो। यो वर्षको नोभेम्बर र डिसेम्बरमा पनि यसअघिको तेल उत्पादन कटौती गर्ने निर्णयलाई निरन्तरता दिने साउदी अरबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

गत अक्टोबरमा साउदी अरबले दैनिक १० लाख ब्यारल तेल उत्पादन गर्ने कटौती गरेको थियो। रुसले भने दैनिक ३ लाख ब्यारेल तेल निर्यात कम गर्ने निर्णयलाई पनि निरन्तरता दिने जनाएको छ। 

दुवै राष्ट्रको स्वेच्छिक निर्णयको अर्को बैठकमा समीक्षा गरिने ओपेकले जनाएको छ। –एजेन्सी