काठमाण्डौ । सिटिजन्स् बैंक इन्टरनसेलन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सुधार मारेको छ।

बैंकद्वारा सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफा २.०२ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकले १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो। 

समीक्षा अवधिमा बैंक १ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो।

यो वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ७७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भमा २३.६३ प्रतिशतको छलाङ मारेको छ। गत वर्ष २ अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा बैंकको खराब कर्जाको दर (एनपीएल) घटेर ०.९७ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिमा बैंकको एनपीएल १.५८ प्रतिशत रहेको थियो।
बैंकले आधार दरमा पनि सुधार आएको छ। 

गत वर्ष १०.५८ प्रतिशत रहेको आधार घटेर ९.८८ प्रतिशतमा झरेको छ। त्यस्तै कस्ट अफ फन्डमा समीक्षा अवधिमा ७.८९ प्रतिशत रहेको छ। गत वर्ष कस्ट अफ फन्ड ८.५४ प्रतिशत रहेको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.८७ रुपैयाँ र पीई रेसियो १०.६७ गुणा रहेको छ।