काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ५२ करोड ९० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ६० करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने जीवन व्यवसायबाट २ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फको नाफा १२.१३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको निर्जीवन व्यवसायतर्फको खर्च घटेको छ भने जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ। यो अवधिमा निर्जीवनतर्फ ७ करोड ५८ लाख रुपैयाँ र जीवनतर्फ ३ करोड १८ लाख रुपैयाँ व्यवस्थापन खर्च भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः ७ करोड ९९ लाख रुपैयाँ र १ करोड ४० लाख रुपैयाँ थियो। 

तेस्रो त्रैमासमा यो कम्पनीको आयव्यय सारिएको हिसाबबाट निर्जीवन व्यवसायतर्फ ८४ करोड ४ लाख रुपैयाँ नाफा भएको छ भने जीवन व्यवसायतर्फ ११ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा निर्जीवनतर्फ यस्तो नाफा ३७ करोड १८ लाख रुपैयाँ थियो भने जीवनतर्फ ४ करोड ७० लाख रुपैयाँ घाटा थियो। 

लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ १ अर्ब ५ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ५३ लाख ८५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः ६६ करोड १७ लाख रुपैयाँ र ३ करोड १७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार बढेर ३ अर्ब २८ करोड रुपैयाँमा खुम्चिएको छ भने जगेडा तथा कोषमा ४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ५४ करोड रुपैयाँको थियो भने जगेडा तथा कोषको आकार ३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ २ अर्ब ७९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ५३ करोड आर्जन गरेको थियो। 

यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा १ अर्ब ४६ लाख बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आर्जन १ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी(ईपीएस) ६.८२ रुपैयाँ। पीई अनुपात १४५.५७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४.४६ रुपैयाँ रहेको छ।