काठमाण्डौ । नेपाल बैंकर्स संघको आयोजना तथा एनआइसी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजार बित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्य तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।
खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहँुच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्ने अभिप्रायले नेपाल सरकारले आ.व. २०७५/७६ को बजेटमा ब्यवस्था भए बमोजिम “शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यबसाय बिकास, प्राबिधिक तथा व्यावसायीक शिक्षा, भुकम्प पिडितहरुको निजी आवास निर्माण ऐवं ब्यावसायिक कृषि तथा पशुपक्षीको लागि प्रदान गरिने कर्जाहरुमा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५” लाई लागू गरेको र सोही कार्यविधि अन्र्तरगत उक्त कार्यक्रममा एन आई सी एशिया बैंक लिमिटेड म्याग्लुङ्ग शाखाबाट तीनजना ग्राहकहरुलाई व्यवसायिक कृषि परियोजना अन्तरगत सहुलियत कर्जा प्रदान गरिएको छ ।
सो कार्यक्रममा कर्जा उपयोग गर्ने तेजबहादुर बस्नेत, बिष्णुप्रसाद सुबेदी र नरेन्द्रकुमार सुब्बालाई वरिष्ट डेपुटी गर्भनर शिवाकोटी र ढुंगानाले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आई एम ई बैंक तथा जनता बैंकका शाखा कार्यलयहरुबाट समेत ग्राहकहरुलाई कर्जा सुबिधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।
एनआईसी एशिया बैंकको प्रदेश नं १ का प्रादेशिक प्रमुख लक्ष्मण चालीसेले सञ्चालन गरेका सो कार्यक्रमका प्रमुख अतिथि शिवाकोटीले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एनआईसी एशिया बैंकलाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र बिकासमा थप योगदान पुर्याउन वाणिज्य बैंकहरुलाई विशेष आग्रह समेत गरे ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले नेपाल सरकारका यस्ता कार्यक्रममा बैंकिङ्ग क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19